पेट्रोलियम पदार्थ विक्रेताको कमिसन बढ्यो

डिसी नेपाल
१८ माघ २०७७ ७:४६

काठमाडाैं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गर्ने विक्रेतालाई कमिसन बढाएको छ । लामो समयदेखि पेट्रोलियम पदार्थ बिक्री गरी दिए बापतको कमिसन बढाउन पेट्रोलियम पदार्थमा कमिसन बढाउन माग गरे पनि निगम भने कमिसन बढाउन सहमत भएको थिएन ।

बिक्रेताले निगमले पेट्रोलियम पदार्थको कमिसन नबढाए आइतबारदेखि आन्दोलन गर्ने चेतावनी दिएपछि निगमले पट्रोलियम पदार्थ विक्रेताको कमिसन बढाएको हो ।

यसअघि नेपाल पेट्रोलियम डिजर्स राष्ट्रिय एसोसियसनले गत १२ माघमा कमिसन नबढाए आइतबारदेखि आन्दोलनमा जाने भन्दै निगमलाई पत्र बुझाएको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *