बर्ड फ्लुको शंका भए तुरुन्त खबर गर्न विभागको आग्रह, विज्ञ टोली स्थलगत अध्ययनमा
काठमाडौं। काठमाडौंको तारकेस्वरमा स्थानीय कृषकले पालेका पन्छीमा बर्ड फ्लुको संक्रमण भेटिए पछि पशु सेवा विभागले निगरानी बढाएको छ। शुक्रबार तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु भेटिएको थियो।
विभागका निमित्त महानिर्देशक डाक्टर दमयन्त्री श्रेष्ठका अनुसार शिनबार आसपासका क्षेत्रमा पालिएका पन्क्षाीहरूकाे अवस्था कस्तो छ भनेर प्रभावित क्षेत्रमा थप अध्ययनका लागि पशुसेवा विभागको अध्ययन टोली पुगेको छ।
यसअघि त्यहाँका टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर बिधिबाट परीक्षण गर्दा मिति शुक्रबार बर्ड फ्लु रोग पुष्टि भएको विभागले जनाएको छ।
रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका करिब साढे २३ सय वटा घरपालुवा पन्छी रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकिएको विभागले जनाएको छ।
सरकारले कुनैपनि पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना गर्न पनि आग्रह गरेको छ ।
Facebook Comment