प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगितामा नेपालकी सुस्मिताकाे ६ सय १९ अंक

डिसी नेपाल
१९ माघ २०७७ १२:५३

काठमाडाैं ।  प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिताको महिला १० मिटर एयर राइफलमा नेपालकी सुस्मिता नेपालले ६ सय १९ अंक जोडेकी छन्। तीन महिला खेलाडी सहभागी उक्त प्रतिस्पर्धामा नेपालले उक्त अंक जोडेकी हुन।

प्रतियोगिता एसियाली सुटिङ महासंघको कुवेत सुटिङ संघले आयोजना गरेको हो। प्रतिस्पर्धामा कल्पना परियारले ६ सय १७ तथा मिरा बञ्जाराले ५९१.३ अंक जोडेकी छन्।

महिलातर्फको खेलमा इरानकी हनीयह रोस्तामीयान र गोल्नेस सेवातेल्लाही क्रमश पहिलो र दोश्रो तथा भारतकी भकर मानुले तेस्रो थान हासिल गरेकी छन्। जम्मा ४५ जनाले भाग लिएका थिए।

६५४ पूर्णङ्क राखिएको खेलको पुरुषतर्फ हरिबहादुर थापाले ५९०.८, अर्बन घिमिरेले ५६८.९ र कुमार कार्कीले ५६४.३ अंक जोडन सफल भएका छन्। आयोजकका अनुसार विपेश खड्का ३८औं, बद्रुउद्दिन अन्सारी ४३ औं र सुखदेव थारु ४४ औं स्थानमा रहेका छन्।

खेलमा भारतका सौरभ चौधरी पहिलो र इरानका फोरुघी जावेद दोस्रो तथा भरतकै सर्बोजित सिंहले तेस्रो स्थान हासिल गरेका छन। पुरुष तर्फ जम्मा ४७ जनाले भाग लिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *