आइतबार भारी अंकले गिरावट आएको नेप्से, सोमबार भने बढ्यो

डिसी नेपाल
१९ माघ २०७७ १७:१०

काठमाडौं। साताको दास्रो दिन सोमवार नेप्से परिसूचक ३७ दशमलव ७० अंकले बढेको छ। साताको पिहलाे दिनआइतबार भारी गिरावट आएको सेयर बजार आज भने बढेको हो।

यो सँगै नेप्से परिसूचक २ हजार ४ सय ८ दशमलव २४ बिन्दुमा उक्लिएको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४ दशमलव ९५ प्रतिशतले बढेर ४ सय ३७ दशमलव २८ बिन्दुमा उक्लिएको छ।

सोमबार नेप्से परिसूचकबढे पनि कारोबारो रकम भने घटेको छ। कुल २ सय ३ ओटा कम्पनीको सेयर बजारमा एक करोड ३३ लाख ११ हजार ९ सय ४२ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ९७ करोड २९ लाख ३६ हजार भन्दा माथीको कारोबार भएको छ। यसअघि आइतबार भने ८ अर्ब माथिको कारोबार भएको थियो।

आज दुईओटा समूहबाहेक सबै समूहको परिसूचकमा हरियाली छाएको छ । यसदिन लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक ० दशमलव ७० प्रतिशत र ० दशमलव ०१ प्रतिशतले घटेको छ भने बैंकिङ समूहको परिसूचक १ दशमलव २० प्रतिशत, विकास बैंक समूहको २ दशमलव २० प्रतिशत, वित्त समूहको ३ दशमलव ५९ प्रतिशत र होटल समूहको परिसूचक ८ शमलव ७६ प्रतिशतले घटेको छ ।

त्यस्तै, जीवन बीमा समूहको २ दशमलव १८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको २ दशमलव ०२ प्रतिशत, निर्जीबन बीमा समूहको १ दशमलव ०१ प्रतिशत, अन्य समूहको २ दशमलव शमलव ८५ प्रतिशत र व्यापार समूहको १ दशमलव ७१ प्रतिशतले बृद्धि भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *