अनअराइभल भिसा खुल्यो
काठमाडौं। अध्यागमन विभागले अनअराइभल भिसा खुला गरेको छ। मंगलबार विभागले सूचना जारी गर्दै कुटनीतिक÷औपचारिक राहदानी वाहक तथा युएन लाइजेज पासर बाहक, नेपालमा रहेका युएन एजेन्सी तथा अन्य अन्तर्राष्ट्रिय संस्थाबाट कार्यरत विदेशीहरु, नेपाली मूलका विदेशी वा नेपालीसँग नाता सम्बन्ध भएका वा गैर आवासीय नेपाली नागरिकलाई अनअराइभल भिसा खुला गरिएको जनाएको छ। उनीहरुले अब पूर्वस्वीकृति लिनुपर्ने छैन।
विभागका अनुसार अब नेपालको भिसा भएका विदेशी नागकिरलाई आगमन अनुमति दिइने छ। भने भिसा नभएका विदेशीहरुले विदेशस्थित नेपपाली नियोगहरुबाट भिसा लिएर मात्रै नेपाल आउन सक्नेछन्।
भिसा लिए आउन सम्भव नभएमा सम्बन्धित सरकारी निकायको सिफारिस वा पूर्व स्वीकृति पेश गरेमा मात्र आगमन विन्दुमा भिसा प्रदान गरिनेछ।
सबै विदेशीहरुले यात्रा शुरु गर्नु पूर्व ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य रुपमा पेश गर्नुपर्ने छ। यस्तै ५ वर्ष मुनीका बालबालिकाहरुलाई त्यस्तो रिपोर्ट अनिवार्य हुने छैन।
Facebook Comment