नेप्से परिसूचक आजसम्मकै उच्च विन्दुमा
काठमाडौं। साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ। मंगलबार ६५ दशमलव ४९ अंकले बढेर नेप्से परिसूचक हालसम्मकै उच्च विन्दु २ हजार ४ सय ७३ दशमलव ७३ विन्दुमा पुगेको छ। योसँगै नेप्से परिसूचकले हालसम्मकै सर्वाधिक उच्च विन्दु हासिल गरेको छ।
साताको पहिलो दिन भारी अंकले गिरावट आएको सेयर बजार सोमबार पनि बढेको थियो। मंगलबार कारोबारमा आएका कुल २ सय कम्पनीको एक करोड ५३ लाख २५ हजार ६ सय २३ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ३९ करोड ४३ लाख ३४ हजार भन्दा धेरै रकमको कारोबार भयो।
मंगलबार सबैभन्दा बढी बीमा कम्पनी र माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन्। आज होटल क्षेत्रबाहेक सबै क्षेत्रको सेयर बढेको छ ।
कारोबारमा १ सय ५२ वटा कम्पनीका लगानीकर्ताले कमाउँदा ३३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ। त्यसैगरी १५ वटा कम्पनीको सेयरमूल्य स्थिर छ।
Facebook Comment