पर्यटकबारे जानकारी राख्ने प्रणाली विकास गर्दै सरकार
काठमाडौं। संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा नेपाल पर्यटन बोर्डले एकिकृत तथ्यांक प्रणालीको प्रभावकारिता देशभर लागू गर्न पर्यटन सम्बद्ध व्यवसायीको लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ।
केन्द्रिकृत पर्यटन तथ्यांक व्यवस्थापन सूचना प्रणाली(सेट्मिस)को बारेमा जानकारी दिन नेपाल पर्यटन बोर्डले काठमाडौंमा सो कार्यक्रम गरेको हो। यो प्रणालीले नेपाल आएका पर्यटकहरुका सम्पूर्ण जानकारी लिन मद्दत पुग्ने मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत सिताराम घिमिरेले बताए।
सरकारबाट यस्तो किसिमको प्रणाली बनेको छ जसले नेपाल आएका पर्यटनहरुको सम्पूर्ण विवरण राख्ने र कहीँ कतै कठिनाइ भए उद्धर गर्न समेत् सजिलो हुने भन्दै जानकारी दिन कार्यक्रमको आयोजना गरेको नेपाल पर्यट्न बोर्डका निर्देशक मणिराज लामिछाने बताए। कार्यक्रममा आशातित उपलब्धि, वर्तमान अवस्था, अवसर, चुनौती र सम्भावना बारे पर्यटन व्यवसायीहरुसँग छलफल भएको छ।
छलफलमा आएको सल्लाह सुझावलाई समेटेर पुनः यसलाई अन्तिम चरणमा पुर्याउने बोर्डले जनाएको छ।
कार्यक्रममा मन्त्रालयको सहसचिव प्रदीपकुमार कोइराला, मन्त्रालयका वरिष्ठ अधिकृत सिताराम घिमिरेलगायत रेष्टुरेन्ट एण्ड बार एसोसिएसन, होमस्टे एसोसिएसन, होटल पर्यटन व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो।
Facebook Comment