चिया नास्ता पसल खोलेको भन्दै आमा र सुत्केरी छोरीमाथि उम्लिरहेको तेल खन्याइयो

डिसी नेपाल
२२ माघ २०७७ १६:२२

काठमाडौं। आमहडतालमा चिया नास्ता पसल खोलेको भन्दै विराटनगरमा आमाछोरीमाथि उम्लिरहेको तेल खन्याइएको छ । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आह्वान गरेको आमहड्तालका यस्तो जघन्य घटना भएको हो । पसलमा काम गरिरहेका दुई जनामाथि उद्दण्ड भीडले तातो तेल खन्याएको हो ।

विराटनगर महानगरपालिका–२ मा रहेको पसल सञ्चालन गरेको भन्दै बन्द गर्न पुगेका दाहाल–नेपाल समूहका कार्यकर्ताले अपरान्ह १२ बजेतिर उनीहरुलाई तातो तेल खन्याइदिएका हुन्। उमालेर समोसा पकाउन तयारी अवस्थामा राखिएको तेल खन्याइएको बताइएको छ । तातो तेलले पसल सञ्चालक प्रमोद साहनीकी श्रीमती ४० वर्षीया बसन्ती साहनी र उनकी छोरी २२ वर्षीया बबिता सहनी घाइते भएका छन्। पसलमा काम गरिरहेका बेला एक्कासि आएको समूहले उनीहरुमाथि तेल खन्याइदिएको हो। छोरी बबिता ६ महिनाकी सुत्केरी हुन्। विराटनगर महानगरपालिका कार्यालयको गेटैअगाडि रहेको पसलमा यसरी आक्रमण भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *