देश चुनावतिर गयो-गयो : प्रधानमन्त्री ओली

डिसी नेपाल
२३ माघ २०७७ १५:०९

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन भएरै छोड्ने बताएका छन्। नेकपाले काठमाडौंमा गरेको आमसभालाई सम्बोधन गर्दै उनले देश चुनावमा गएको बताए।

प्रचण्ड–नेपाल पक्षलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘निर्वाचन आयोगमा गएर निर्वाचन नगराउनु भन्ने, धम्की दिने, निर्वाचनमा जान प्रतिगनम रे। अब कसैले रोक्न सक्दैन । देश चुनावतिर गयो, गयो। यो देशअब अघि बढ्यो- बढ्यो।’

पार्टी विवादका कारण पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूह सडक आन्दोलमा छ। यसअघि प्रचण्ड नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेपछि ओली समूहको नेकपाले पनि आज काठमाडौंमा आमसभाको आयोजना गरेको हो।

ओलीले इतिहासकै सबैभन्दा ठूलो जनसभा काठमाडौंमा भएको दाबी समेत गरेका छन्। उनले भने, ‘ अहिलेसम्मको सबैभन्दा ठूलो जनसागर काठमाडौंमा छ । भ्रम फैलाउने कार्य भयो। तपाईहरुले त्यो भ्रमलाई चिर्नका लागि आमसभामा सहभागि हुनु भयो । तपाईँलाई सलाम भन्न चाहन्छु।’

उनले आफ्नो सरकारका बेलामा काठमाडौंको स्वरुप फेरिएको बताए। काठमाडौंका सडकहरु पनि अहिलेको जस्ता कहिलै नभएको बताए। कोभिडका कारण समस्या परेपनि सरकारले विकास गर्ने कुरामा सम्झौता नगरेको उनको भनाई थियो।

‘काठमाडौं यस्तो कहिले थियो। अहिलेको काठमाडौं जस्तो कहिले भयो।’ उनले भने, ‘कोरोनाको समस्या हामीलाई मात्र हैन। संसारलाई नै सतायो तर, हामीले देशलाई अगाडी बढाइराखेका छौं। त्यतिमात्र हैन अब कोरोनाका कारण थला पारेको पर्यटनक्षेत्र, उद्योगधन्दा र सबैकुरा सरकारले उठाउँछ।’

ओलीले बन्दका क्रममा भएको नोक्सान सरकारले हेर्ने बताए। उनले गरिब र जनताका लागि सरकार भएकाले ढुक्क भएर बस्न पनि आग्रह गरेका छन्। ओली भने, ‘गरिवको नोक्सान भएको कुरा सरकारले हेर्छ। ट्याक्सीको क्षेतिपूर्ति गर्न लगाउँछौं। जनतालाई हेर्ने सरकार छ। गरिवलाई हेर्ने सरकार छ। जनता ढुक्क भएर बस्नुहोला।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *