थप १०५ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित २१ सय

काठमाडौं। शुक्रबार थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार १०८ रहेको छ ।
पछिल्लो २४ घण्टामा २७२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६७ हजार ५६४ पुगेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३५ पुगेको छ। पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ ।
यस्तै, हालसम्म ९२ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २० लाख ८८ हजार २७२ जनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment