७ सय कुवेती दिनारमा ३ बर्षका लागि बेचिएकी देवीसराको कहाली लाग्दो कहानी

डिसी नेपाल
२३ माघ २०७७ २०:४१

मलेसिया । सुखद भविष्यको परिकल्पना गरि अरु जस्तै जहाज चडेकी थिइन् देवीसराले। करिव ३ वर्ष पहिला नेपालको त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट मातृभूमी छोड्दा कल्पेको भविष्य पाइनन् उनले।

लालाबाला र घरका अरु सदस्य नेपालमा छोडेर विदेशी भूमिमा पैसासँग पशिना साट्ने देविसरको पनि रहर थिएन्। रहर थियो त केवल आउँने दिनमा अहिलेको भन्दा भिन्दै जीवन जिउने। आफूसँग आश्रितको जीवनमा खुसिको दीप प्रज्वलित गर्ने। तर, सोचे झै जिन्दगी कहाँ हुँदो रहेछ।

घरेलु कामदारको रुपमा कुवेत पुगिन उनी। नेपालको बर्दिया जिल्ला, बाँसगढी नगरपालिका वडा नं. ३ घरभएकी देवीसरा रित्तो हात घर फर्किनु प¥यो। यातनामा वितेका हरेकपललाई सम्झेर खालिहात नेपाल फर्केकोमा पश्चाताप छैन।

गत एक वर्षदेखि कुवेतको जहरा घर नं. १११, ब्लक नं. ८, इसारा ११३मा बन्धक भएर बसिन्। पसिनामा पैसा साटन विदेश पुगेकी देवीसराले शारीरिक र मानसिक याताना पाइन्। रगत र पसिना चुहाइन्। तर, पैसा पाइनन्।

आफन्तकै माध्यामबाट कुवेत पुगेकी देवीसराको भरोसा टुट्यो। ७ सय कुवेती दिनार (करिव २ लाख ७० हजार नेपाली रुपैयाँ)मा ३ वर्षको लागि बेचिएको भन्ने थाहा पाएपछि।

विदेश पुगेपछि आफू र आफूमा आश्रितको भाग्य र भविष्य बदल्ने सोच चक्नाचुर भयो। कसैले राम्रो काम लगाइदिने भनि दलाली काम गरे। उनै दलालले उनलाई ७ सय कुवेती दिनारमा बेचिदिए।

उनले जसो तसो नेपालमा रहेकी छोरीलाई आफू बेचिएको बताइन्। आफूले पाएका शारीरिक तथा मानसिक यातनाका भारीहरु विसाइन् र अनुरोध गरिन नर्कबाट बाहिर निकाल्न।

छोरी यमकला विक र आफन्तले उक्त कुरा थाहा पाएपछि प्रक्रिया थालियो। करिव १ वर्षको निरन्तर प्रयासले अन्ततः उनी नेपाल आइन्, परिवार पाइन्। तर, सपना गुमाइन्।

आफूले १३ महिनाको तलब पाउनु पर्ने देवीसराको मनमा लागिरहेको छ। रित्तोहात नेपाल फर्के पनि नेपाल मजदूर एकता समाजको सहयोमा बैदेशिक रोजगार विभागमा गएर मुद्दा दर्ता गराएकी छिन्। एकता समाजका अध्यक्ष तेजबहादुर कार्कीले देवीसराको मुद्दा दर्ता भएको जानकारी दिए।

विदेशमा पाएको पीडाले मन पोलिरहन्छ देवीसराको। ‘नेपाल फर्किन पाउँदैन होला भनेर बसेकी थिएँ।’ देवीसराले भनिन्, ‘अहिले अलि सन्चो छैन। शारिरिक रुपमा सन्चो नभए पनि नेपाल सकुसल टेक्न पाएकोमा खुसि छु।’

‘म सबैलाई धन्यवाद दिन चहान्छु।’ देवीसरा कृतज्ञ हुँदै थिइन, ‘मलाई नेपाल ल्याउन सहयोग गर्ने नेपाली मजदुर एकता समाज, राजदूतावास, बैदेशिक रोजगार विभाग, विभिन्न संघसंस्था, सञ्चारकर्मी सबैले गरेको सहयोगको उच्च कदर गर्दछु।’

उनले आफूमात्र विदेशबाट नेपाल फर्केर मन शान्त नभएको भन्दै आफू जस्तै अरु दिदीबहिनीहरुलाई पनि नेपाल ल्याउन सहयोग गर्न सबैलाई आग्रह समेत गरेकी छन्। आफ्नो अतित सम्झदै देवीसराले अरुलाई विदेश जान प्रक्रिया पु¥याएर मात्र जान समेत अनुरोध गरिन्।

यसरी भयो उद्दार,

एक महिनाअघि नेपाली मजदूर एकता समाजमा मलेसिया समितिका सदस्य तथा समाजसेवी जीवन नेगि मार्फत उक्त घटना आइपुग्यो। समाजसेवी नेगिले एक बर्षदेखि सबै ठाँउमा पीडितको उद्धारको लागि ढोका घचच्याएका थिए । तर पनि उनको उद्धार हुन सकेको थिएन।

कुवेतमा रहेका सरोकारवाला निकाय, राजदूतावास, समाजसेवी, नेपालमा रहेका पुर्व श्रममन्त्री, सञ्चारकर्मी लगायत मलेसियामा रहेको नेपाली मजदुर एकता समाज संस्थामा पनि लिखित निवेदन दिइएको थियो। एकता समाजले निवेदन पाए लगत्तै समाजका तर्फबाट केन्द्रिय महासचिव समर्पण भट्टराईले कुवेत स्थित नेपाली राजदूतावासलाई औपचारिक जानकारी गराएका थिए ।

समाजका केन्द्रिय अध्यक्ष तेज बहादुर कार्कीले पीडितको तर्फबाट वैदेशिक बिभागमा स्वयमको उपस्थितिमा उद्धारको लागि पहल गरिदिन भनी लिखित निवेदन दिएका थिए। नेपाली मजदुर एकता समाजले पहल गरेको एक महिनामै कुवेत स्थित नेपाली राजदूतावासको सक्रियतामा निज देवीसरा बिकको केही दिन अघि उद्धार भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *