चीनले नेपाललाई ५ लाख डोज कोरोनाविरुद्धको खोप दिने

काठमाडौं । चीन सरकारले नेपाललाई ५ लाख डोज कोरोना खोप अनुदान दिने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शुक्रबार भएको टेलिफोन संवादका क्रमा चिनियाँ विदेशमन्त्री वाङ यीले ५ लाख डोज कोरोना खोप दिने कुरा भएको मन्त्री ज्ञवालीले डिसी नेपाललाई बताए ।
मन्त्री ज्ञवालीका अनुसार विदेशमन्त्री वाङले कोरोनाविरुद्धको खोपमा नेपाललाई प्राथमिकता दिने बताएका छन् । यसका साथै ज्ञवाली र वाङबीच आपसी हितका विषयहरूमा पनि छलफल भएको छ ।
प्रतिक्रिया
Facebook Comment