उपमा

डिसी नेपाल
२४ माघ २०७७ ८:३२

‘ए ! मणि!’ चीरपरिचित आवाज मेरो कानमा पर्छ। एकसुरमा हिँडिरहेको म एकाएक झस्किन पुग्छु। अनि आवाज आएतर्फ फरक्क फर्करे हेर्छु । न्यूरोडको पिपलबोट निरै एकाएक उपमालाई देखेर म छक्क पर्छु। बोली फुटदैन मुखबाट, अलमल्ल परि टोल्हाएर हेरिरहन्छु।

निलो साडी र निलै ब्लाउजमा सु–सज्जित तिनी पहिले भन्दा झनै राम्री भएकी रहिछिन्। एउटा हातमा सपिङको समान र अर्को हातले एउटा पाँच, छ वर्ष जत्तिको बालकको हात समातेकी थिइन्। शायद तिनको छोरा होला।

त्यो बच्चा पनि कौतहुलतावश मलाई नै हेरिरहेको थियो। ‘मलाई चिनेनौकी क्या हो। आश्र्चय मिश्रित भाव प्रकट गर्दै तिनी मप्रति मुखातिव भई आफना ठूल्ठूला नशालु आँखा घुमाउँदै सोध्छिन्।

‘चिने नी! तिमीलाई पनि कँहि बिर्सन सक्छु र?’ मैले पनि आँखामा खुशीको लहर समेट्दै हत्तपत्त भनिहालें।

‘अनि काँहा जान लाग्या अहिले? के छ हालखबर, सन्चै छौ? हिजो भर्खर ज्योतिसँगै तिम्रो बारेमा सोधेको थिएँ, संजोगले आजै भेट भयो।’ तिनले पनि आँखाका खुसी प्रकट गर्दै भनिन्।

‘सन्चै छु भन्नु पर्यो । अफिसबाट घर फर्किन लाग्या।’ तिनको प्रश्नको उत्तर तुरुन्तै दिदैँ पुन : तिनलाई नै प्रश्न गरेँ–‘अनि तिम्रो के छ नि, हालखबर? बेपत्ता भयौ! मैले त तिमीलाई भेट्ने आशै मारीसक्या थिएँ। एकै सासमा भन्दै गएँ।

‘अहिले यही छु। भखरै मात्र आएकी, दुई महिना जती भयो होला।’ मुसुक्क मुस्कुराइन्।

यतिन्जेलसम्म मानिसको ओहोर –दोहोरले हाम्रो कुराकानीमा बाधा परिरहेको थियो। मलाई भने अझै बढी उपमासँग कुरागर्न मन लागेको थियो। धेरै वर्षपछि अचानक तिनलाई भेट्दा मनमा कस्तो–कस्तो भइरहेको थियो। अझै तिनले नै चिनेर बोलाएकोमा साह्रै नै हर्षित भएको थिएँ। त्यसैले हत्तपत्त प्रस्ताव राखेँ–जाउँ न चिया खान । यहाँ त कस्तो भीड ! कुरा गर्नै गाह्रो, हुन्न?’ म मुसुक्क मुस्कुराएँ।

उपमाले स्वीकृतिसूचक मुन्टो हल्लाइन् । मेरो मन उमंगले नाच्न थाल्यो। हामी सरासर नगिचैको रेष्टुरेण्ट भित्र छिर्यौं। कुनाको सिट खाली रहेछ। त्यहीँ गएर बस्यौँ। एकै छिनमा वैटरले ‘मेनू’ अगाडि ल्याएर तेर्सायो। मैले पनि तिनलाई अर्डर गर्न आग्रह गरेँ। उपमाले चिया र केही खानेकुरा अर्डर गरिन्। अर्डर लिएर वेटर हिँड्यो। एकछिनसम्म त वातावरणमा मौनता छायो। मैले नी मौनता भंग गरें।

ज्योति पनि मलाई देखेर हाँसिन। म मनमा धेरै आशा तथा उमंगको लहर फैलाई उनी नजिक गई हाल खबर सोधेँ। उनी पनि फरम भर्न आएकी रहिछिन्। तर मैले उपमालाई चाहिँ देखिन। मनमा कौतुहलता छायो र सोधेँ–‘उपमा खै त? पास भइन?’ उनले हाँस्दै भनिन्–‘ल ककक ! तिमीलाई थाहा छैन? उपमाको त बिहे भयो नि!’

‘तिमीले त आफनो विहेमा मलाई बोलाएनौ नि! म त अचम्मै परेको थिएँ। ज्योतिले भन्दा खेरि त। ‘अचम्मै’ शब्दलाई अलजोड दिँदै मनभरिको गुनासो पोखें। उपमाको मुहारमा अब भने निराशाको रेखा कोरियो। अधिको उज्यालो मुहारमा अँध्यारो छायो। एकछिन् चुप भइन्।

नजर टेबुलतिर फ्याँकिन्। अनि मसिनो स्वरले सोधिन्–‘मणि तिमीलाई मैले बोलाको दिनमा किन नआएको?’ फेरि केही सम्झे झैँ गर्दै भनिन्– ‘मेरो बिहेको कुरा एकाएक एक हप्ता मै छिनियो। तिमीसँग भेट पनि भएन। मैले त, केही सोच्नै भ्याइन। मम्मी पापाले जे भन्नु भयो त्यही गरें । आखिर विकल्प पनि त केही थिएन।’ मौन भई टेबुलमा राखेको मौनबत्ती हेरिरहिन्।

‘किन उपामा! तिमी खुशी छैनौ र?’ तिनको मौनता भंग गरें।

‘छुु । मणि अवश्य छु । तर… सबै मनपर्ने कुरा जीवनमा पाँइदो रहेनछ। जिन्दगीको मोडमा सबै भन्दा मनपर्ने कुरा नै मैले पाइन। हेर न! परिस्थिति त्यस्तै पर्यो । सबै सुख–सुविधाले सम्पन्न भए पनि स्वास्नी मान्छे मायाको भोकी हुन्छे। माया गर्ने लोग्ने चाहान्छे ।’ लामो सुुस्केरा तान्दै गम्भिर भइन्।

मलाई के गरुँ के गरुँ भयो। त्यसैले कुराको प्रसंग मोड्दै भने–छोरो निकै राम्रो रहेछ। तिमी जस्तै, के नाम हो छोराको बच्चातर्फ ससर्र्ती नजर दौडाएँ।

‘ए ककक ! तिमीलाई त भन्नै बिर्सेकी! राहुल हो यसको नाम ‘तिनी सम्हालिँदै छोरातर्फ हेर्दै भनिन्।

‘बाबु अङ्कललाई नमस्ते गर त ! बच्चा पनि उत्साहित हुँदै सानो सानो हातले नमस्ते गर्छ। म पनि नमस्ते फर्काउदै उसँग हात मिलाउन हात अगाडि सार्दै भन्छु– ‘हलो राहुल, हाउ आर यू?’ ऊ पनि हातमा आफ्नो सानो चिटिम्क परेको नरम हात मिलाउँदै भन्छ–“आइ एम फाइन अंकल, ध्याङ्क्यू भेरि मच एण्ड यू?’

म पनि खुशी हुँदै भन्छु–‘आइम अल्सो फाइन, थ्यांक्यू।’

‘राहुल त निकै स्मार्ट रहेछ। कसो?’ तिनीतर्फ हेर्दै भन्छु। उपमा मुसुक्क मुस्कुराउँछिन र मायालुनजरले छोरो तर्फहेर्दै कपाल मुसार्छिन्। राहुल पनि आमालाई हेर्दै मुसुक्क हाँस्छ।

‘अनि त तिमीले बिहेको भोज खुवाउनु पर्दैन? पहिलेभन्दा झनै ह्याण्ड्सम भएछौ। अलि–अलि मोटाएछौ पनि।’ ठट्टा गर्दै भनिन्।
‘तिमी वेपत्ता भएर गइहाल्यौ, कहाँबाट खुवाउने। भाग्यले आज भेट भई हाल्यो, हिँड आजै खुवाउँछु। बिहे, पछि गर्दै गरौंला नि हुन्न। मैले पनि ठट्र्यौली पारामा जवाफ दिएँ। तिनी हाँसिन् धक फुकाएर, फेर एकछिनपछि अलि गम्भिर हुँदै भनिन्–‘साँचै मणि तिमी कहिले बिहे गर्छौ?’
‘लगन आएपछि।’ मैले हाँसेर भनें।

एकैछिनमा वैटरले दुई कप चिया र केही खानेकुरा ल्याएर टेबुलमा राख्यो। तिनले छोराको अघिल्तिर खानेकुरा सारिदिइन्। म एकैछिन तिनकै कृयापलाप हेर्न ब्यस्त भएँ।

मलाई पनि चियाको कप अघिल्तिर सारिदिँदै भनिन्–‘चिया पिउन। मणि!’ उपमाको मयालु बोलीमा म लट्ठ पर्दै चियाको सुर्को तान्नाले। उनी पनि चियाको चुस्की लिँदै मलाई नै हेरिरहेकी रहिछिन्। दुवैको नजर जुध्यो। उनी एका–एक लजाएर नजरझुकाइन्। म तिनीलाई नै हेररहे, हेरिरहे। एकनाशले हेर्दा, हेर्दै अतीततको सागरमा चुलुम्म डुब्न पुगें।

✿✿✿

करिव छ÷सात वर्ष अघि जुन समयमा म प्रमाण पत्र तह द्वितीय वर्षमा अध्ययनरत थिएँ। उमंगले छोएका थिए मेरा ती दिनहरु। एक दिन म म्याथको ट्यूशन पढेर साथीसँग कुरागर्दै घर फर्कदै थिएँ। हाम्रो ठिक अगाडि म पढेकै कलेजको प्रथम वर्षका दुई युवतीहरु पनि ट्युशन पढेर फर्किँदै थिए। जब मैले तिनीहरुलाई देखे अल्लारे उमेरको कारण जिस्काउन तिनीहरुको पछि–पछि लागें।

के छ उपमा हालखवर?’ दुईमध्ये एकजनाले पछाडि फर्केर पुलुक्क हेरिन्, जसको नाम उपमा थियो। मसँग परिचित नभएकोले छक्क पर्दै अगाडि बढिन्। मैले खाली जिस्क्याउने सुरले उनको नाम लिएको थिएँ। म अझै जिस्काउने सुरले भन्दै गएँ–‘तिमी त क्या च्वाँक रहेछौ। फिल्मको हिरोइन जस्तै।

अरे! केही त बोल, किन रिसाउँछ्यौ, फर्केर त हेर! मलाई त तिमी साह्रै मनपर्छ। कसो साथी?’ आदि इत्यादि भन्दै पछि–पछि लागें। तनीहरुले पनि रमाइलै लोग्छ होला, त्यसैले पछाडि फर्किफर्की झन् हाँस्दै हिड्न थालेँ। मलाई झन् हौसला बढ्यो। झन् चम्की–चम्की जिस्क्याउन थालेँ– ‘मलाई तिमी साह्रै मन पर्छ। आँखा हेर त कति नशालु, हैन त यार?’

मेरो साथी डराउन थाल्यो– ‘ए नजिस्का न यार!’ भन्दै मलाई सम्झाउन लाग्यो। तर म यसको कुरालाई ध्यान नै नदिई अघि बढिरहेँ। यत्तिकैमा दुईमध्ये उपमा नाम गरेकी ठूल्ठूला नशालु आँखा, सुलुत्त परेको नाक, मिलेको रसिलो ओठ, मादकताले भरिएको नितम्ब, मधुर बोली, आकर्षक ब्यक्तित्वकी धनी थिइन्।

साँच्चै भनौं भने नाम झैं अनुपम सौन्दर्यक उपमा थिइन् तिनी। तिनको घर आएछ क्यारे साथीसँग छुट्टिइन्। मैले पनि एक नजर फ्याँके र मुसुक्क हाँस्दै ‘बाई ! बाई!’ भने। तिनले पनि पुलुक मतर्फ हेरिन्। नजर जुध्यो। एकाएक लजाउँदै नजर झुकाएर सरासर अगाडि बढिन्।

मलाई साह्रै नरमाइलो लाग्यो। जिस्क्याउने सबै उत्साह सेलाएर गयो। उनीको साथी निकै अगाडि बढिसकेकी रहिछन्, यादै भएन।

✿✿✿

भोलिपल्ट बिहान कलेजको गेटमा उपमा टुप्लुक्क भेटिइन्। तिनी पनि मलाई देखेर मुसुक्क मुस्कुरान्। रिसाएकी भए फेरि जिस्क्याउन मज्जा आउँथ्यो। तर मुस्कुराएकी देखेर मलाई पो लाज लागेर आयो। आँखा झुकाएर सरासर अगाडि बढें। हिजो त्यसरी जिस्क्याएको केटीले आज मुससुक्क हाँस्दा आफैंलाई लाज लाग्यो। बेकारमा जिस्क्याएँ झैं भयो।

यसरी हाम्रो भेट दिनहुँ हुन थाल्यो। तिनी मलाई देख्यो की मुस्कुराउथिन् म भने सरमले यता–यता हेर्थेँ। मलाई पनि एक प्रकारको तिनको आकर्षणले तान्न थाल्यो। यदि तिनी कतै देखिइनन् भने क्लास गएर ससर्ती नजर दौडाउँथे। मलाई तिनीप्रतिको आकर्षणले लठ्ठ बनाउँदै लग्यो।

जहिले पनि मेरो एकजोडी नजुर तिनलाई नै खोजिहुन्थ्यो। क्लास, क्यान्टिन, चउर, लाइब्रेरी, जहाँ पनि मेरा आँखाहरु तिर्न खोज्न ब्याकुल रहन्थे। यो कस्तो आकर्षण हो मलाई थाहा थिएन। जब चारैतिर नजर दौडाएपछि तिनीमाथि केन्द्रित हुन्थ्यो। तब तिनी पनि मुस्कुराउँदै नजर झकाउँथिन्। यसरी एवं रीतले कलेजमा मेरो आकर्षणको केन्द्रबिन्दु नै तिनी बनिन्।

एकदिन अचानक म बिहान हतारिँदै कलेज पुगेँ तब गेटमै उपमासँग ट्यवाक्कै भेट भयो। तिनलाई देख्नासाथ मेरो मुटुको धड्कन तेज भयो। के गरौं , कसो गरौं जस्तो भयो। तिनी मुसुक्क मुस्कुराइन् र भनिन्–‘गुड मर्निङ।’

एक्कासी यो आवाजले म झसंग भए। हडबढाउँदै प्रत्योत्तरमा ‘गुड मर्निङ’ भन्दै मुसुक्क हासें। साथीहरु भेटिएकोले अरु कुरा गर्न पाइन तर पनि तिनको त्यो मधुर आवाजको जादुले मलाई आनन्दविभोर गरायो। यसरी दिनहरु बितिरहेका थिए। मै

ले बिहानको ‘गुड मर्निङ’ भन्दा अरुकुरा गर्ने मौका पाइरहेको थिइन। मलाई आफैंलाई अचम्म लाग्थ्यो कि, कुराकानीको शिलशिला अगाडि बढाउन नसकेकोमा। जब तिनी नगिच हुन्थिन् मुटुको धड्कन तेज हुन्थ्यो। ओठबाट चाहेर पनि बोली फुट्दैनथ्यो।

एकदिन साहस बटुलेर ‘गुड मर्निङ’ भन्दै कुराको सिलसिला अगाडि बढाउन खोजेँ। मुटुको ढुकढुक बढे आयो। तर पनि समालिँदै तिनको घर कहाँ हो भनी सोधे। तिनले सरलताका साथ बताइन्। कुराकानी गर्दै क्लाससम्म गएँ। अब चाहिँ ढुक्क भएँ। मन उमंगले नाच्न थाल्यो। तिनीसँग पहिलो पटक कुरा गर्न पाएकोमा तिनको मार्धुययुक्त बोलीमा म लठ्ठ भएँ।

अब मलाई तिनीसँग बोल्न खासै गाह्रो परेन। त पनि हाम्रो क्लास बेग्ला बेग्लै थियो। प्रायः तिनी साथीहरुसँग हुन्थिन्। त्यसैले कुरा गर्न त्यति मौका पाउदिन थिएँ। कहिलेकाँही भेट भइहालेमा हतार–हतारमा कुरा हुन्थ्यो। म सोध्यै तिनी उत्तर दिन्थिन्।

‘कुन पिरियड हो अहिले?’

‘क्लास खालि हो?’

‘क्लास सकियो?’

तिनी पनि हतारमा उत्तर दिई साथीहरुसँग लाग्थिन। आफूलाई भने धेरै कुरा गर्न नपाएकोमा दुःख लाग्थ्यो।

✿✿✿

एकदिन परीक्षा पनि आयो। परीक्षा सकिएपछि मलाई कलेज जानु परेन। तापनि मन सधैं तिनलाई भेट्नको लागि आतुर हुन्थ्यो। कसरी जानु? के वाहाना गर्नु! फेरि तिनले के सोच्लिन्। परीक्षा सकिएपछि पनि त्यसै बरालिन आइरहन्छ भन्लिन् भन्ने डरले कलेज जान सकिन।

केही महिनापछि परीक्षाफल निस्कियो। मेरो एक पेपरमा ब्याक लागेछ। बल्ल अब भने कलेजमा पढ्न आएको भन्ने वाहना पारेँ। तिनी पनि मलाई देख्नासाथ ‘गुड मर्निङ’ भन्थिन्।

कलेज आउनका कारण बताएँ, र तिनकै क्लासमा गएर बस्न थाले। उद्देश्य थियो तिनीसँग मित्रता बढाउने। तिनीप्रतिको आकर्षणले ममा जादु छरिरहकै थियो। तर पनि मित्रता बढाउने उपुक्त मौका पाइरहेको थिइन्। कहिले मसँग साथीहरु हुने र तिनी एक्लै हुन्थिन्। कुरा गर्न त्यति उपयुक्त मौका मिल्दैनथ्यो।

एकदिनको कुरा हो म अलि ढिलो कलेज पुगें। क्लास लागिसकेको हुनाले भित्र चारैतिर निरीक्षण गरेँ। उपमालाई क्लास भित्र नदेखेकोले भित्र जाने इच्छा भएन। बाहिर नै बसिरहेँ उपमाको पर्खाइमा। एकछिनमै टाढाबाट उपमा हतारिँदै आउँदै थिइन्। म खुसीले गद्गद् भएँ।

तर उनी जति नजिच आउँथिन् त्यत्तिकै मुटुको धड्कन तेज हुन्थ्यो। मैले हत्तपत्त ‘गुडमर्निङ’ भनिहालेँ। तिनले पनि प्रतिउत्तर दिँदै त्यँही अलमलिइन्। शायद तिनलाई पनि मसँग कुरा गर्ने इच्छा हुँदो हो। मैले मौकाको फाइदा उठाउँदै भने–‘क्लास लागि सक्यो, अलि ढिलो भयो।’ वहाना बनाएँ।

किनकी मेरो अंग्रेजीमा ब्याक लागेको थियो। त्यसैले यही एक पिरियड लिन भनेर घरबाट वहाना बनाई आउँथे। तर पहिलो पिरियड नै अंग्रेजी थियो त्यसैले उपमासँग कुरा गर्ने मौका पाउँ दिन थिएँ। अंग्रेजी क्लास सकेपछि त मलाई घर फकर्नु पथ्र्यो।

‘यो अंग्रेजी क्लास त लिनै मन लाग्दैन। पढाएको केही बुझ्दिन।’ शायद तिनी पनि क्लासभित्र नजाने भइन्। मैले चाहेको पनि यही थियो। चारैतीर कोही थिएन। फेरि फस्ट पिरियड भएर होला त्यसमाथि अंग्रेजी छोड्न कोही चाहँदैनथ्यो बल्ल तिनलाई एक्लै भेट्न पाएको त्यो पनि संयोगले मन उमंगले नाचिरहेको थियो। यस्तो लागिरहेको थियो, घण्टी नलागोस् म त्यतिकै तिनको नजिक बसिरहुँ।
त्यतिकैमा तिनले नै कुराको सिलसिला बढाइन्– ‘तपार्इँको नाम के हो?

‘मणि’ मुसुक्क हाँस्दै जवाफ दिएँ।

‘तपाई कहाँ बस्नु हुन्छ?’ तिनले पुनः प्रश्न गरिन्।

‘कालिमाटी।’ मैले हत्तपत्त जवाफ दिएँ।

मैले मनमनै सोचेँ सम्पर्क बढाउने सुनौलो मौका यही हो। त्यसैले तिनीसँग नोट कपी मागेँ। उनी पनि नोट कपी दिन राजी भइन्। तर घरमा भएकोले घर जानलाई आग्रह गरिन्। मलाई के खोज्छस् … आँखा भने झैं भयो। स्वीकृतवस ‘हुन्छ’ भने।

त्यतिकैमा फस्ट पिरियडको घण्टी पनि लागे। तिनी ‘जान्छु है’ भनी क्लासभित्र छिरिन्, अब मलाई पनि लाष्ट पिरियडसम्म तिनलाई पर्खनु पर्ने भयो। तर पनि मनमनै खुशी भएँ। लास्ट पिरियडपछि तिनी मेरो छेउ आइन्।

हामी सँगसँगै तिनको घर लाग्यौं। बाटोमा खासै कुरा भएन। तिनी पनि चुप थिइन् म पनि चुप थिएँ। के कुरा गर्ने भन्ने सोच्दा सोच्दा तिनको घर पनि आएछ। म भित्र जान असजिलो मान्दै बाहिर गेटमा बसेँ र बाहिरै ल्याइदिन आग्रह गरेँ। तिनीले पनि हुन्छ भनी भित्र गई नोट कपी ल्याएर दिइन्।

‘नोट कपी कहाँ ल्याएर फर्काउने’ मैले खुसी हुँदै भने।

‘यही आएर बोलाउनुस् म आउँला।’ सरलताकासाथ उत्तर दिइन्। उपमाको यस निश्चल व्यवहारदेखि म निकै प्रभावित भएँ। खुशीले आतविभोर हुँदै फर्के। अब क्रमशः हाम्रो भेट भई रहन्थ्यो कलेजमा। कहिलेकाँही म तिनको घरमा पनि जान्थे। निकै सजिलो महससस हुन्थ्यो।

गेटैमा उभिएर दुईचार कुरा गरी फकिहाल्थे। तिनी खुशीसाथ मेरो आगमनमा प्रशन्नता व्यक्त गर्थिन्। हाम्रो सम्वन्ध खासै के हो भन्ने कुरामा म ‘कन्फ्युज’ नै थिएँ। पहिले म तिनीसँग गहिरो मित्रता गर्न चाहन्थे। मप्रतिको तिनको धारणा बुझ्न चाहन्थे। म दोधारमा थिएँ। के साँच्चिकै तिनीसँग प्रेम भएको हो वा तीनको आकर्षणको जादुलेमात्र आकर्षित गरिरेको थियो। मलाई छुट्याउन कठिन भइरहेको थियो।

परीक्षा पनि आयो, गयो अब कलेजमा भेट्ने दिनहरु पनि सकिए। दशै आयो , मैले सोचे। यसपाली उपमालाई पक्कै पनि ग्रिटिङ्गस् कार्ड दिन्छु। मनमनै अठोट गरेँ। त्यसैले घटस्थापनाको एकदिन अगाडि एउटा राम्रो कार्डमा नाम लेखी उपमाको घर गएँ।

तिनलाई नभेटेको पनि धेरै समय भईसकेकोे थियो। त्यसैले मनमा आशा तथा उत्साह बोकी तिनको घरको गेटमा पुगे संकोचवश नाम लिई बोलाएँ– “उपमा !

तिनी घरमै रहिछिन्। एकै छिनमै आइन्। र ‘गुड मर्निङ’ मुस्कुराउँदै भनिन्। हालचाल सोधेँ र कार्ड अगाडि बढाउँदै भनेँ–‘विजया दशमीको शुभकामना!’ तिनीले मुस्कुराउँदै कार्ड अगाडि लिइन् र धन्यवाद दिइन्। त्यसपछि मलाई भोलि यही समयमा जसरी भए पनि आउन आग्रह गरिन्। मपनि हुन्छ भने र बाई! बाई! गर्दै खुशीसाथ घर फर्केँ।

तर त्यही रात अकस्मात बुबाको हर्ट एट्याक भयो। बुबालाई तुरुन्तै अस्पताल लग्नु पर्यो। तर ईश्वरको कृपाले उहाँ ठीक हुनुभयो। दशैं खासै मनाउन सकिएन। मलाई त अस्पतालमा कुरुवा बस्दा बस्दै फुर्सद नै भएन। बुबाको उपचार पश्चात म पनि बुबासँगै घर फर्केँ।

घरमा सबैजना खुशी थिए। बुबा ठूलो दुर्घटनाबाट बाँच्नुभएको थियो। त्यतिकैमा तिहार पनि आयो, गयो। त्यस बीचमा पनि म उपमाको घर जान सकिन। उपमाले के सोचिन् होली म नगएकोमा, मनमनै बिचार गरी म तिनलाई भेट्न गएँ। ढोकैमा बसेर तिनको नाम लिई बोलाएँ । भित्रबाट सानो बच्चो निस्केर भन्यो ‘बाहिर जानुभएको छ।’

म निरास हुँदै घर फर्केँ। फेरि पनि दुई चारपल्ट गएँ। तर जहिले पनि बाहिर गएको भनेर जवाफ आउँथ्यो। मैले तिनको परिवारको अरु कोही पनि चिनेको थिइन। त्यसैले कहाँ गएकी छिन्, कहिले आउँछिन् भन्ने कुरा कसैलाई सोध्ने मौकै पाइन। पछि र जान पनि छोडी दिएँ। मन साह्रै नै उदास भएको थियो। तिनलाई भेट्ने आशामा तिनी हिँड्ने बाटो पनि दशौंचोटी हिड्न थालें। मन अति नै अधीर भैसकेको थियो।

यसबीचमा परीक्षाफल पनि निस्कयो। यसपाली पनि सफल हुन सकिन। तर पनि मलाई चिन्ता लागेन। म त सिर्फ तिनको पखाईमा थिएँ।
यतिकैमा हाम्रो फेरि परीक्षा फर्म भर्ने समय पनि आयो। एकदिन म फर्म भर्न कलेज गएँ।

अचानक त्यहाँ मैले उपमाको मिल्ने साथी ज्योतिलाई देखेँ। ज्योति पनि मलाई देखेर हाँसिन। म मनमा धेरै आशा तथा उमंगको लहर फैलाई उनी नजिक गई हाल खबर सोधेँ। उनी पनि फरम भर्न आएकी रहिछिन्। तर मैले उपमालाई चाहिँ देखिन। मनमा कौतुहलता छायो र सोधेँ–‘उपमा खै त? पास भइन?’ उनले हाँस्दै भनिन्–‘ल ककक ! तिमीलाई थाहा छैन? उपमाको त बिहे भयो नि!’

यो आवाजले म गोली लागेर घायल भएको पंक्षी झैं भएँ। मुढो झैं ठिङ्ग उभिरहेँ। छाती असैह्य वेदनाले भरियो। मुटु चरक चर्कियो। म किंकर्तब्यविमुढ भई यसै टोल्हाएर बसिरहेँ।

‘फर्म भरी सक्यौ त?’ ज्योतिको यो आवाज पनि धेरै टाढाबाट आएको भान भयो। आफूलाई दयनीय अवस्थामा पाएँ। ‘अँ भरेँ।’ निरास हुँदै जवाफ दिए। ज्योति मेरो अनुहारमा टुलुटुलु हेर्न लागिन्।

बल्ल पो थाहा पाएँ, उपमासँग त मेरो साँच्चिकै माया बसिसक्या रैछ। थाहै नपाइ विस्तारै विस्तारै प्रेमको मुना पलाएछ तर विडम्वना मौलाउन नपाइकनै नियतीले ओइलिन विवश बनायो।

‘के भयो मणि?’ आश्चर्य हुँदै सोधिन्।

‘फेल भएँ!’ रुन्चे हाँसो हाँस्दै भने। तिमीले उपमालाई भेटेर यो नम्बरमा फोन गर्न लगाउनु है। नम्बर लेखेर कागजको टुक्रो ज्योतितर्फ तेर्साएँ। र विदा भई सरासर अघि बढे। घर पुगी डङरङ्ग ओछ्यानमा पल्टिएँ। खाना खान पनि मन लागेन। उपमाले फोन गर्लिन कि भन्ने आशामा बसिरहेँ। नभन्दै निश्चित समयमा उपमाले फोन गरिन्।

मैले फोनमा नै बिहेको शुभकामना दिए र भने– ‘अब त हामीहरुलाई बिर्सिहाल्छौ नि हैन?’ तिनले पनि गम्भीर हुँदै भनिन्– ‘कहाँ बिर्सन सक्छु र? बरु तिमीले बिर्सौला! भोलि नै श्रीमानसँग पाँच बर्षका लागि अमेरिका जाँदैछु।’ भनिन्। मैले नव–दम्पतिको सफलताको शुभकामना दिएँ। यसरी उपमा मेरो जिन्दगीबाट सधैंको लागि टाढा, धेरै टाढा भएर भइन्।

‘ए! कहाँ हरायौ तिमी? चिया सेलाइसक्यो। उपमाको यो आवाजले मेरो तन्द्रा भंग हुन्छ। अतित छताछुल्ल भई पोखिन्छ। वर्तमानमा आउँछु। उपमालाई हेर्छु। तिनी पनि गम्भीर हुँदै मलाई नै हेरिरहेकी रहिछन्।

दुवैको नजर जुध्यो। एकैछिन पछि उपमाले नजर झुकाइन् र चियाको कपमा हेरिन्। मैले हतपत्त चियाको कप उठाएँ र चिया पिउन थाले। चिया त साँच्चिकै सेलाइसकेछ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *