नेपालमा एक लाख ७१ हजार ४८६ जनाले लगाए काेराेना विरूद्धकाे खाेप

डिसी नेपाल
२४ माघ २०७७ १०:१२

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ अहिलेसम्म एक लाख ७१ हजार ४८६ जनाले लगाएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २०१ खोपकेन्द्रबाट अहिलेसम्म एक लाख ७४ हजार ४८६ जनाले लगाएको जानकारी दिए। यही माघ १४ गतेबाट पहिलो चरणमा प्राथमिकता परेका व्यक्तिलाई लगाउँदै आएको खोप आज समापन गरिँदैछ। प्रवक्ता डा. गौतमले खोपको दोस्रो चरणबारे चाँडै जानकारी गराइने बताए।

कोभिडविरुद्धको खोप लगाएका १७ जनामा समस्या देखिएको कोभिड सम्पर्क व्यक्ति यम बरालले जानकारी दिए। समस्या आएकामध्ये मध्यनेपाल नगरपालिकाका एक स्वास्थ्यकर्मी महिला र मर्स्याङ्दी गाउँपालिकाका एक स्यवसेविकालाई भने अस्पताल भर्ना गर्नुपरेको थियो ।

स्वंमसेविकालाई जिल्ला अस्पतालमा दुई दिनसम्म भर्ना गरेर राखिएको थियो भने स्वास्थ्यकर्मी महिलालाई चार घण्टापछि अस्पतालबाट डिस्चार्ज गरिएको कोभिड सम्पर्क व्यक्ति बरालले जानकारी दिए। उहाँहरुलाई ज्वरो आउने तथा टाउको दुख्ने भएको थियो।

त्यस्तै अन्य १५ जनालाई सामान्य ज्वरो, रिङगटा लाग्नेलगायतको लक्षण देखिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *