टुटल र पठाओ बन्द गर्नुपर्ने माग राख्दै ट्याक्सी व्यवसायी आन्दोलनमा

डिसी नेपाल
२५ माघ २०७७ ७:५५

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्याक्सी चालक तथा व्यवसायी फेरि आन्दोलित भएका छन् । टुटल पठाओजस्ता सेवा बन्द गर्नुपर्नेदेखि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने लगायत माग उनीहरुले राखेका छन् ।

नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा शनिबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट र्यालीसहित माइतीघर मण्डलामा भेला भएर उनीहरुले माग पूरा गर्न सरकारलाई सचेत गराएका हुन् ।

ट्याक्सी चालक तथा व्यवसायीले निजी सवारीले भाडाका यात्रु बोक्नेगरी सञ्चालनमा रहेका टुटल पठाओजस्ता सेवा बन्द गर्न पनि माग गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *