थप ११९जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं। आइतबार थप ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ९२५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ८१५ रहेको छ ।
पछिल्लो २४ घण्टामा २६० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३८ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ ।
यस्तै, हालसम्म ९२ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २० लाख ९३ हजार ४१७ जनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment