भागरथी हत्या प्रकरणः बलात्कारपछि हत्या भएको पुष्टि

डिसी नेपाल
२६ माघ २०७७ ६:३४

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या बलात्कारपछि भएको पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टमले भागरथीको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको हो ।

पोस्टमार्टममा संलग्न चिकित्सकले बलात्कारपछि उनको हत्या भएको रिपोर्ट प्रहरीलाई दिएको प्रहरी स्रोतले भनेको छ । स्रोतका अनुसार उनले प्रतिकार गर्दा टाउको र हातमा चोट लागेको, घाँटीमा पनि निलडाम देखिएको, यौनांगमा पनि घाउ रहेको पाइएको छ ।

‘हिजोसम्म हामी हत्या मात्रै वा बलात्कारपछि हत्या भन्ने कुरामा द्विविधामा थियौं । अब बलात्कारपछि हत्या भन्नेमा पुग्यौं,’ उनले भने । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीले पनि घटनास्थल पुगेर अनुसन्धानको निरीक्षण गरेका छन् ।

हालसम्म शंकास्पद सात जनामाथि सोधपुछ गरिसकिएको प्रहरी निरीक्षक धामीले बताए । भागरथीले प्रयोग गर्ने मोबाइल, उनको फेसबुकलगायतको विश्लेषणसमेत प्रहरीले गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बलात्कारपछि हत्या भएको निष्कर्षसहित अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘पोस्टमार्टम रिपोर्ट आइसकेको छैन । भागरथीमाथि बलात्कार भए नभएको त्यो रिपोर्टपछि पुष्टि हुन्छ । तर हामी बलात्कारपछि हत्या भएको आशंकासहित अनुसन्धान गरिरहेका छौं ।’

उनले यो जानकारी दिँदा पोस्टमार्टम रिपोर्ट आइसकेको थिएन । गत बिहीबार मृत फेला परेकी भागरथीको बलात्कारपछि हत्या भएको हुन सक्ने परिवारले आशंका गरेपछि शुक्रबारदेखि नेपाल प्रहरीका एसएसपी जनकराज पाण्डे नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

यस्तै नेपाल प्रहरीको केन्द्रय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि घटनाको अनुसन्धान गरिरहेको छ । हालसम्म शंकास्पद सात जनामाथि सोधपुछ गरिसकिएको प्रहरी निरीक्षक धामीले बताए । भागरथीले प्रयोग गर्ने मोबाइल, उनको फेसबुकलगायतको विश्लेषणसमेत प्रहरीले गरिरहेको छ ।

भागरथी हत्या घटनाको सूक्ष्म तरिकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्ने भागरथी गत बुधबार विद्यालयबाट नफर्केपछि खोजी गर्दा बिहीबार मृत फेला परेकी थिइन् । उनको वीभत्स तवरले हत्या भएको पाइएको थियो । उनको शरीर क्षतविक्षत रहेको र तल्लो शरीर निर्वस्त्र हुनुका साथै रक्ताम्य अवस्थामा भेटिएको थियो । भट्ट विद्यालयबाट घर फर्किने बाटोमा बिहीबार बिहान मुख्य सडकबाट ५० मिटर टाढा शव भेटिएको थियो ।

उता घटनाको विरोध र अभियुक्त पक्राउको माग राखी आइतबार बैतडी जिल्ला प्रशासन अगाडि प्रदर्शन गरिएको छ । जिल्लाको खोचलेक बजार, पाटन बजार, मेलौली, पुर्चौडीलगायतका ठाउँमा प्रदर्शन गरिएको हो ।

युवा अभियन्ता महेश भट्टले अभियुुक्त पक्राउका लागि दबाब दिन जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिएकोे जानकारी दिए । स्थानीय नागरिक, महिला अधिकारकर्मी, विभिन्न पेसाकर्मीको सहभागितामा प्रदर्शन गरिएको उनले बताए ।

प्रदर्शनमा सहभागीहरूले भागरथीलाई न्याय दिनुपर्ने, बलात्कारीलाई सजाय दिनुपर्ने भन्दै चर्को नाराबाजीसमेत गरेका छन् । भागरथीका हत्यारा पत्ता नलाग्दासम्म आन्दोलन जारी रहने अभियन्ताहरूले बताएका छन् ।

यस्तै शवको पोस्टमार्टम गरिए पनि शव आफन्तले बुझेका छैनन् । शव जिल्ला अस्पताल बैतडीको शवगृहमै रहेको छ । स्थानीय घनश्याम भट्टले हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने बताए । राजधानी दैनिक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *