प्रेमिल जोडीको प्रतिक्षामा ओइलाउन थाले गुलाबका फूल

काठमाडौं। सबैभन्दा बढी गुलाबका फूल खपतहुने प्रणय दिवस (भ्यालेन्टाइन डे) सुरु भएको छ। सप्ताहव्यापी मनाइने भ्यालेन्टाइनको पहिलो दिन नै ‘रोज डे’ पर्छ। अंग्रेजी पात्रो अनुसार फेब्रुअरीको ७ तारिखबाट भ्यालेन्टाइन डे मनाउन सुरु गरिन्छ।
आफूले माया गर्ने मान्छेलाई गुलाबको फूल दिने, प्रतिबद्धता (प्रमिस) गर्ने, चकलेट दिने, लगायत फेब्रुअरी १४ लाई भ्यालेन्टाइन दिनका रुपमा मनाइन्छ। भ्यालेन्टाइनमा गुलाबका फूल किन्ने प्रेमिल जाेडि नआउँदा ओइलाउन थालेका छन्।
हरेका वर्ष भ्यालेन्टाइन सुरु भएसँगै उत्साहित हुने फूल व्यापारीहरु यसपटक भने निराश देखिएका छन्। त्रिपुरेश्वरका व्यापारीहरुले डिसी नेपाल सँग गुनासो गरे, ‘फेब्रुअरी ७ भने पछि उत्साहित हुन्थ्यौँ तर यसपाली घर भाडा तिर्न पनि सकेका छैनौँ ।’
एभरग्रिन फूल पसलका संचालक कल्याण श्रेष्ठका अनुसार कोरोनाका कारण सबै वर्ग समुदायलाई आर्थिक संकट सृजना गरायो। ‘हामी पसलेहरुले अब पसल छाड्ने अवस्था आएको छ । आजभोलि मुस्किले हजार रुपैयाँको पनि बिक्री हुँदैन ,’ उनले भने, ‘फूल अन्य सामानभन्दा संवेदनशिल हुन्छ, ओइलिहाल्ने भएकाले जोगाउन पनि मुस्किल पर्छ। ओइलिएको फुल अन्य काममा प्रयोग हुँदैन आज रोज डे भए पनि कोरोना भन्दा अगाडिको सामान्य दिनहरु जति पनि बिक्री भएको छैन। यस्तै अवस्था भइरहने हो भने फूल व्यपारी सबै बिस्तापित हुन सक्छ ।’
‘भ्यालेन्टाईन डे सुरुभयो आज धेरै फूल बिक्री हुन्छ भनेर फुल आयात गरेको थियौँ तर आज पनि सोचे जति व्यापार भएन अब त्यो ओइलिजाने फूलले साँवा नि उठ्दैन’ अर्का व्यापारी कार्तीक रायले गुनासो गरे ।
Facebook Comment