थप १३० जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

काठमाडौं । सोमबार थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ७४४ रहेको छ ।
पछिल्लो २४ घण्टामा १९४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार २६६ पुगेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ४५ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाका कारण ७ जनाको मृत्यु भएको छ ।
यस्तै, हालसम्म ९२ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २० लाख ९६ हजार ७५० जनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment