भागरथी हत्या प्रकरणः बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि

डिसी नेपाल
२६ माघ २०७७ १९:२६

काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको छ ।

पोष्टमार्टम रिपोर्टका अनुसार उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीले डिसीनेपालसँग भने, ‘सोमबार रिपोर्ट आएको छ । रिपोर्टमा बलात्कारपछि हत्या भएको देखिएको छ ।’ यस्तै उनले घटनाको अनुसन्धान साँघुरिदै गएको पनि बताए । ‘हामीले घटनाको सुक्ष्म अध्ययन गरिरहेका छौँ, अनुसन्धान व्यापकताबाट साँघुरिदै गएको छ । अभियुक्तको छिट्टै टुंगो लाग्नेछ ।’ सुवेदीले भने ।

सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने भट्ट बुधबार साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरी र छिमेकी गुहारेका थिए । भट्ट विद्यालयबाट घर फर्किने बाटोमा बिहीबार बिहान मुख्य सडकबाट ५० मिटर टाढा शव भेटिएको थियो ।

घटनाको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको टोलीले अध्ययन गरिरहेको छ । यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली, केन्द्रीय अनुसन्धान ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ ।

प्रहरीले भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाएर सुक्ष्म अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसका साथै तालिम प्राप्त कुकुरले भागरथीको हत्या भएको जङ्गल क्षेत्र पनि प्रहरीले ‘सर्च’ गरेको थियो ।

यो पनि…..

भागरथी हत्या प्रकरणः ‘भेजाइनल स्वाब’ परीक्षणका लागि काठमाडौं पठाइयो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *