पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय

डिसी नेपाल
२७ माघ २०७७ १०:५२

काठमाडौं। बैशाख १७ र २७ गरी दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको सरकारले पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ।

सोमबार राति बसेको मन्त्रिपरिषद बैठकले पहिलो चरणमा दुई नम्बर प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका ४० जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

मन्त्री ज्ञवालीका अनुसार दोस्रो चरणमा एक नम्बर प्रदेश, बागमती र सुदूरपश्चिम प्रदेशका ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको आन्तरिक किचलोका कारण पुस पाँच गते प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेका थिए।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै दलहरु सडक आन्दोलनमा होमिएका छन् भने विघटन विरुद्ध परेको रिट उपर संवैधानिक इजलासमा सुनुवाइ जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *