प्रधानमन्त्रीको निर्वाचन आयोग भ्रमणः ‘आयोगमा सरकार आएको हो पार्टी होइन’

डिसी नेपाल
२७ माघ २०७७ १३:१०

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगमा आफ्नो पक्ष आधिकारिक नेपाल कम्युनिष्ट पार्टी भएको दावी गर्न गएको बताइए पनि प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले भने यो कुरालाई अस्वीकार गरेका छन् । निर्वाचन आयोगबाहिर पत्रकारहरुसँग कुरा गर्दै थापाले भने ‘निर्वाचन आयोगमा सरकार आएको हो पार्टी आएको होइन ।’

थापाका अनुसार आज प्रधानमन्त्री आफ्नो समूह आधिकारिक पार्टी भएको दावी गर्न गएका होइनन् । खासमा प्रधानमन्त्री पार्टीसम्बन्धी कामको लागि निर्वाचन आयोग नगएको उनले दावी गरेका छन् ।

प्रधानमन्त्री नेपाल सरकारको प्रतिनिधिको रुपमा निर्वाचन आयोगमा आगामी बैशाखको लागि तोकिएको निर्वाचनको तयारी के–कस्तो भइरहेको छ भनेर बुझ्न गएको थापाले दावी गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *