माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

डिसी नेपाल
२७ माघ २०७७ १४:०३

काठमाडाैं।  सरकारले माघ ३० गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। तामाङ समुदायले मनाउदै आएको सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने भएको हो।

सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन्। यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *