थप १६० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित १७ सय

काठमाडौं । मंगलबार थप १६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार २१५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ७३७ रहेको छ ।
पछिल्लो २४ घण्टामा १६५ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ४३१ पुगेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ ।
यस्तै, हालसम्म ८७ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख १ हजार ५९ जनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment