प्रधानमन्त्री ओली ट्रम्पको बाटोमाः राप्रपा अध्यक्ष लोहनी (भिडियो)

डिसी नेपाल
२७ माघ २०७७ १६:५८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको बाटोमा हिँडेको दाबी गरेका छन् ।

डिसी नेपालसँगको विशेष कुराकानीमा उनले उक्त दाबी गरेका हुन्। यस्तै कुराकानीका क्रममा प्रधानमन्त्रीको प्रतिनिधिसभा विघठनको कदम असंवैधानिक भएको राप्रपाको धारणा रहेको उनले प्रष्ट पारेका छन्।

डा. लोहनीलाई ‘पूर्वपञ्चहरुको पार्टी जस्ले नेपालमा प्रजातन्त्र आउँन नदिन बर्षौँ दमन गर्यो तिनै पञ्चहरुको पार्टीको नाम कसरी प्रजातन्त्र पार्टी राख्नु भयो?’ भन्ने निक्कै विरोधाभासपूर्ण प्रश्नबाट कुराकानी सुरु गरिएको थियो । त्यसको उत्तर दिँदै उनले २०२८ सालमा प्रजातन्त्रको लागि जेल बस्नुपरेको कुरा सम्झाउँदै आफू प्रजातन्त्रको पक्षमा नै रहेको कुरा बताए । राप्रपा पार्टी फुट्ने जुट्ने गरिरहन्छ, अन्य पार्टी पनि फुट्नेजुट्ने भैरहन्छन । यस्को कारण विदेशीको चलखेल हो वा हैन? भनेर राखिएको प्रश्नमा विदेशीको नभई हाम्रै कारणले जुट्नेफुट्ने गरेको कुरा उनले बताएका छन् ।

संविधान जती अस्थिर भयो त्यती राप्रपालाई फाइदा हुँदैन र ? अहिलेको व्यवस्था जती कम्जोर भयो त्यती राजा आउँने संभावना बढ्दैन र ? भन्ने प्रश्नमा सजकता पूर्वक उनले भने, ‘हामी अहिले जे भयो त्यस्मा खुशी छैनौं ।’

देश अस्थिर हुनु जनताका लागि राम्रो नभएको कुरा उनले दोहोर्याए । जनताले चाहेमा राजा आउने कुरामा दाबी गर्दै उनले भने, ‘हामी राजसंस्थाको पक्षमा छौं तर निस्कृय राजा ।’ नेपाल धर्म निरपेक्ष राष्ट्र हुनु साँस्कृतिक अतिक्रमण भएको भन्दै लोहनीले नेपाल कुनै पनि हालतमा हिन्दु अधिराज्य घोषणा गरिनुपर्ने बताए ।

अन्य राजा चाहने शक्तिसँग तपाईहरुको किन एकता भएन? भनेर राखिएको जिज्ञासामा उनले आफूहरुले मिलाउने प्रयास गरिरहेको र देश कुनै दिन राजसंस्थामय हुने प्रष्ट पारे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *