प्रचण्ड–नेपाल सडकमा, राष्ट्रपति–प्रधानमन्त्री अख्तियारमा

डिसी नेपाल
२८ माघ २०७७ १२:१३

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूहले सडकमा शक्ति प्रदर्शन गर्दै गर्दा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरु भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भेला भएका छन् आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवस मनाउनका लागि विशिष्ट व्यक्तित्वहरु अख्तियारमा जम्मा भएका हुन् ।

देशमा परिस्थिति सामान्य भएको अवस्थामा पूर्व प्रधानमन्त्रीहरु पनि अख्तियारको स्थापना दिवसमा उपस्थित हुने गरेका थिए । तर, आज भने सबै पूर्व प्रधानमन्त्रीहरु अख्तियारमा छैनन् । पुष्पकमल दाहाल माधवकुमार नेपाल र झलनाथ खनाल गरी ३ पूर्व प्रधानमन्त्री सडकमा छन् । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द लगायत पनि अख्तियारको कार्यक्रममा उपस्थित छैनन् ।

अख्तियारको कार्यक्रम सुरु हुँदै गर्दा उता प्रचण्ड–नेपाल समूहको कार्यक्रम पनि सुरु भइसकेको छ । अख्तियारमा प्रधानमन्त्रीको सम्बोधन गर्ने पालो केही समय पछि आउने भएकोले प्रधानमन्त्रीले आज सडक आन्दोलनबारे केही टिप्पणी गर्ने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *