आन्दोलनमा उत्रिएका नेतालाई अभिनेत्री वर्षा शिवाकोटीको यस्तो आग्रह

डिसी नेपाल
२८ माघ २०७७ १३:३५

काठमाडौं। सडकमा नेकपा प्रचण्ड–नेपाल समूहको आन्दोलन सुरु हुँदै गर्दा अभिनेत्री वर्षा शिवाकोटीले आन्दोलनकारीहरुको नाममा एउटा सन्देश पठाएकी छिन् । वर्षाले आन्दोलनको नेतृत्वकर्तालाई सम्बोधन गर्दै भनेकी छिन् ‘तिम्रो यालीमा आएका जति मानिसले मेरा बहिनीहरुको लागि न्याय मागिदिए फेरि अर्की बहिनी बलात्कृत हुन्न थिइन् कि ? तिम्रो आन्दोलनको नारा यदि बलात्कार र बलात्कारीको विरूद्धमा लाग्ने गरेको भए, सायद मेरी बहिनीको बलत्कारीले सजाय पाउँथ्यो कि ?

देशैभरी बलात्कारपछि हत्या गरिएकी भागीरथी भट्टलाई न्याय दिलाउनको लागि आवाज उठ्दै गर्दा वर्षाले सामाजिक संजाल फेसबुकमार्फत आन्दोलनकारीको नाममा यस्तो सन्देश पठाएकी हुन् । वर्षाले लेखेकी छिन् ‘नारीलाई भगवान मानेर पूज्ने मेरो देशमा आज नारी स्वयं सुरक्षित छैनन् । निर्मला र सम्झनाजस्तै भागीरथीले पनि न्याय पाउँदिनन् त ? के यति असक्षम छ हाम्रो न्यायपालिका ? के यति कमजोर छ हाम्रो राज्य व्यवस्था ? एउटा अपराधीको पहिचान गरी सजाय दिन नसक्ने ? के गरिबका लागि न्याय त्यति महंगो भइसक्यो ?’

वर्षाले अगाडि लेखेकी छिन् ‘तिम्रो र्यालीमा आएका जति मानिसले मेरा बहिनीहरुको लागि न्याय मागिदिए फेरि अर्की बहिनी बलात्कृत हुन्न थिइन् कि ? तिम्रो आन्दोलनको नारा यदि बलात्कार र बलात्कारीको विरूद्धमा लाग्ने गरेको भए, सायद मेरी बहिनीको बलात्कारीले सजाय पाउँथ्यो कि ? हामी केका लागि लड्दै छौँ ? हाम्रो माग के हुनपर्ने हो ? नारा के हुनपर्ने हो ? आफै विचार गरौँ ।’

आन्दोलन कुर्सीको लागि हुन नहुने तर्क गर्दै वर्षाले थपेकी छिन् ‘अपराधीको मनोबल झन बलियो बन्दै छ । पीडित अझै पीडामै छन्। जनताको सरकार र संविधानबाट भरोसा उठ्ने बेला भइसक्यो । र, देश झन झन अस्थिरता तर्फ जाँदैछ । कुर्सीको लडाइँ छोड, सत्यको लागि लड, जनताको पक्षमा लड, जीत तिम्रै हुनेछ । न्याय दिन अझ विलम्ब नहोस ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *