केपी ओली कागजी बादशाह, ढलिसके, घोषणामात्र गर्न बाँकी : झाक्री

डिसी नेपाल
२८ माघ २०७७ १४:३६

काठमाडौं। नेकपा (प्रचण्ड–माधव नेपाल) समूहकी केन्द्रीय सदस्य रामकुमार झाक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कागजको तानाशाह भएको र उनी ढलिसकेको र घोषणा गर्न मात्र बाँकी रहेको दाबी गरेकी छन्।

बुधबार नेकपा –प्रचण्ड–नेपाल) समूहले राजधानीमा प्रदर्शन गरेको विरोधसभामा बोल्दै झाक्रीले बादशाहहरुले आफ्नो कदलाई घटाउँदै कागजको बुख्याँचा बनाउने गरेको भन्दै ओलीले पनि आफ्नो कद घटाएर कागजी रुपमा संघर्षबाट प्राप्त उपलब्धीलाई धराशायी बनाएको आरोप लगाइन्।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीप्रति आक्रामक देखिएको झाक्रीले राट्रपतिलाई कार्यकारी प्रधानमन्त्रीको कोठाको असिस्टेन जस्तै बनेको आरोप लगाइन्। ‘एउटा खलपात्र विरुद्ध बोल्दा कसले भन्छ महिलाको अस्मिता मिचियो?,’ उनले भनिन्।

तानाशाह बन्दै गएको, अहंकारी, सवैकुराको सर्वज्ञानी र सन्की प्रधानमन्त्रीको प्यादा भन्ने राष्ट्रपति विरुद्ध बोल्न पाइने उनको भनाइ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *