प्रधानमन्त्री ओलीलाई एक मिनेट पनि पदमा बस्ने अधिकार छैन : नारायणकाजी श्रेष्ठ

डिसी नेपाल
२८ माघ २०७७ १५:२७

काठमाडौं। नेकपा (प्रचण्ड–नेपाल) समूहका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक मिनेट पनि पदमा बस्ने अधिकार नभएको बताएका छन्।

नेकपा प्रचण्ड–नेपाल समूहले राजधानीमा आयोजना गरेको विरोधसभालाई सम्वोधन गर्दै नेता श्रेष्ठले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि वर्तमान सरकार वैधानिक रुपमा काम चलाउ सरकारमा परिणत हुने र राष्ट्रपतिले काम चलाउ घोषणा नगरेका कारण सरकार अवैधानिक भएको र अवैधानिक रुपमा प्रधानमन्त्रीलाई एक मिनेट पनि पदमा बस्ने अधिकार नहुने उनको दाबी थियो।

‘यो संविधान अनुसार प्रधानमन्त्री चार वटा अवस्थामा पदमुक्त हुने व्यवस्था छ। प्रधानमन्त्रीको निधन भएमा, अविश्वाका प्रस्ताव पारित भएमा, राजीनामा दिएमा र संसदको सदस्य नभएमा स्वत पदमुक्त हुने व्यवस्था छ,’ श्रेष्ठले भने, ‘आफैंले असंवैधानिक ढंगले कमद चालेपछि अहिले ओली सरकार काम चलाउ हुनसक्थ्यो। तर यो सरकारलाई काम चलाउन पनि नभएका कारण अवैधानिक हो, अवैधानिक सरकारको प्रमुखलाई पदमा बस्ने अधिकार छैन।’

उनले आफूहरुले तीन वटा लक्ष्य र एउटा मुल उद्देश्य लिएर आन्दोलन गरिरहेको बताए। पाँच गते विघटन गरिएको प्रतितिधिसभालाई सूचारु गराउने र लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाउने, सरकारनै अवैधानिक भएकाले सरकारले संवैधानिक अंगमा गरेका नियुक्ती असफल बनाउने र समग्र अवैधानिक कामलाई खारेज गराउने आन्दोलनको मुल उद्देश्य रहेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *