तस्वीरमा यस्तो देखियो नेकपा (प्रचण्ड–नेपाल) समूहको विरोध सभा (फोटो फिचर)

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा (प्रचण्ड–नेपाल) समूहले आज राजधानीमा प्रदर्शन गरेको छ। राजधानीका विभिन्न स्थानबाट निस्किएको जुलुसका कारण राजधानीको ट्राफिक व्यवस्थानै अस्तव्यस्त बनेको थियो। महानगरीय ट्राफिक प्रहरीका अनुसार ठूला सवारी साधानलाई चक्रपथमा नै रोकिएको र साना सवारी साधनलाई पनि रत्नपार्कबाहेक अन्यत्र डाइभर्ट गरिएको थियो।
कृष्णबहादुर महरा, पम्फा भुसाल लगायतका नेताले पुल्चोक, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धरा जाने जुलुसको नेतृत्व गरेका थिए । त्रिपुरेश्वरबाट निस्केको जुलुसको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकुन्द न्यौपानेले गरेका थिए। माइतीघरबाट निस्केको जुलुसको नेतृत्व अमृतकुमार बोहरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य लगायतले गरेका थिए ।
केशरमहलबाट निस्केको जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेतले गरेका थिए। जमलबाट निस्केको जुलुसको नेतृत्व भने लिलामणि पोखरेल लगायतले गरेका थिए।
Facebook Comment