प्रतिबन्धित विप्लव नेकपासँग सहकार्य गर्दै वैद्य, आज रणनीतिक संयुक्त मोर्चा घोषणा हुँदै

डिसी नेपाल
२९ माघ २०७७ ८:४४

काठमाडौं। मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले नेत्रविक्रम चन्द नेतृत्वको विप्लवसँग सहकार्य गर्ने भएको छ । न प्रतिगमन न यथास्थितिवादीको पक्ष लिने भनिएको रणनीतिक संयुक्त मोर्चाको आज घोषणा हुँदैछ । आज प्रज्ञा प्रतिष्ठान कमलादीमा संयुक्त मोर्चा घोषणा गर्ने कार्यक्रम छ ।

कार्यक्रममा विप्लव वा उनको पार्टीका कुनै नेता भने नआउने बताइएको छ । विप्लवको संगठन सरकारद्वारा प्रतिबन्धित छ र कुनै नेता आएको अवस्थामा उनीहरु पक्राउ पर्न सक्ने भएकोले उनीहरु आउने सम्भावना नरहेको स्रोतले बतायो । यद्यपि विप्लवले आफ्नो सन्देश भने पठाउनेछन् ।

विप्लवको सन्देश लिएर बुद्धिजीवी गुणराज लोहनी कार्यक्रममा उपस्थित हुनेछन् । उनले विप्लवको सन्देश पढेर सुनाउने बताइएको छ । संयुक्त मोर्चामा वैद्यको नेकपा क्रान्तिकारी माओवादी विप्लवको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल आहुतीको पार्टी लगायत सहभागी हुने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *