रामकुमारी झाँक्रीलाई प्रहरीमा उपस्थित हुन निर्देशन, आफैं उपस्थित नभए पक्राउ गरिने

डिसी नेपाल
२९ माघ २०७७ १०:३७

काठमाडौं। नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ । प्रहरीले झाँक्रीलाई आजै उपस्थित हुन भनेको र प्रहरीमा स्वयं उपस्थित नभए उनलाई पक्राउ गरिने जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले बोलाएको हो ।

झाँक्रीले राष्ट्रपति भण्डारीसहित एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोग प्रहरीले सोधपुछ गर्ने भएको हो । झाँक्रीले केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीलाई लक्षित गर्दै आपत्तिजनक टिप्पणी गरेकी थिइन् । सोही विषयमा सोधपुछ गर्नका लागि बोलाइएको अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले पुष्टि गरे ।

झाँक्रीले गोरखाको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा राष्ट्रपतिप्रति आपत्तिजनक टिप्पणी गरेको भन्दै चर्को विरोध भएको थियो । झाँक्रीले गोरखामा भाषण गर्ने क्रममा ‘सेतो सारी लगाएर भोट माग्ने प्रवृत्ति’ भन्दै राष्ट्रपतिसहित एकल महिलाप्रति लक्षित गर्दै टिप्पणी गरेकी थिइन् । यही विषयलाई लिएर अखिल नेपाल महिला संघले कारवाहीको माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *