बिहेको ११ औं एनिभर्सरीका दिन पक्राउ परिन् रामकुमारी झाँक्री

डिसी नेपाल
२९ माघ २०७७ १३:२७

काठमाडौं। नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउ परेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै आपत्तिजनक टिप्पणी गरेको अभियोगमा उनी पक्राउ परेकी हुन् । झाँक्रीले आफैं गिरफ्तारी दिएर प्रहरीसँग गएकी हुन् । प्रहरीले आज उनको शंखमूलस्थित घरमै गएर उनलाई नियन्त्रणमा लिएको हो । झाँक्रीको जीवनमा आज अद्भूत संयोग परेको छ । आज उनको बिहेको एनिभर्सरी हो । उनको बिहे भएको आज ११ वर्ष पूरा भएको छ ।

उनलाई पक्राउ गर्न प्रहरी उनको घरमा पुगेपछि केही समय तनाव भएको थियो । प्रहरीले झाँक्रीलाई नियन्त्रणमा लिन खोज्दा रामकुमारीका समर्थक जम्मा भएर नाराबाजी गर्न थालेपछि तनावको स्थिति सृजना भएको थियो । प्रहरीले झाँक्रीलाई नियन्त्रणमा लिन खोजेपछि समर्थकहरुले नाराबाजी गर्न थालेका हुन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई लिएर नाराबाजी गरेका थिए । उनीहरुले प्रहरीलाई झाँक्रीको घरभित्र प्रवेश गर्नबाट रोकेका थिए ।

केही समयअघि झाँक्रीले पत्रकारहरुसँग कुरा गर्दै राज्यलाई पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन् । झाँक्रीले आफूलाई पक्राउ गर्न प्रहरी आएकोबारे उनले तानाशाह ढल्ने बेला भएकोले आफूलाई पक्राउ गर्न खोजिएको टिप्पणी गरेकी थिइन् । उनले मर्ने बेलामा कमिलाको पनि प्वाँख पलाउने भन्दै तानाशाह अन्त्य हुन लागेको टिप्पणी गरेकी थिइन् । प्रहरी आफूलाई पक्राउ गर्न आउनु प्रधानमन्त्री र राष्ट्रपतिको दबाबका कारण भएको उनले बताएकी थिइन् । उनले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिएको बताएकी थिइन् ।

उनले आफूलाई तर्साउनको लागि पक्राउ गर्न खोजिएको बताएकी थिइन् । आफूले भाषणका क्रममा बालकोट, बानेश्वर लगायतमा ठाउँहरुको नाम लिएको विषयमा उनले यी ठाउँको नाम लिँदैमा कसैको इज्जत वा अस्मितामा हानी नपुग्ने उनको दावी थियो । राष्ट्रपतिको भूमिकाप्रति नागरिक सन्तुष्ट नभएको उनले बताएकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *