पूर्वराजा ज्ञानेन्द्र र नेकपा अध्यक्ष प्रचण्डका सुरक्षाकर्मी कटाैती गर्ने सरकारकाे निर्णय

डिसी नेपाल
३० माघ २०७७ ९:५९

काठमाडौं। सरकारले पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका केही सुरक्षाकर्मीहरु फिर्ता बोलाउने निर्णय गरेको छ।

एक हप्ता अघि बसेको मन्त्रिपरिषद बैठकले पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व प्रधानमन्त्री प्रचण्डको सुरक्षामा खटिएका कुल सुरक्षाकर्मी मध्ये २०/२० जना कटौती गर्ने र सुरक्षा थ्रेट बढेकामा पुन पठाउने गरी तत्काललाई कटौती भएको एक मन्त्रीले जानकारी दिए।

पूर्व राजा ज्ञानेन्द्रको सुरक्षामा ५६ जना सशस्त्र प्रहरीबलका सुरक्षाकर्मी खटिएका थिए। अब ३६ जना मात्रै रहनेछन्। त्यस्तै प्रचण्ड शान्ति प्रकृयामा आएपछि उनको सम्पूर्ण सुरक्षाको जिम्मा सरकारले लिने निर्णय गर्दै सशस्त्र प्रहरीबलबाट ५९ जना सुरक्षाकर्मी खटाइएको थियो। अब भने ३९ जना मात्रै रहनेछन्।

‘हामीलाई विशिष्ट सुरक्षाकर्मी कार्यविधि २०७५ मा केही संशोधन सहित पास भएको पत्र आएको छ त्यही अनुसार हामीले सुरक्षाकर्मीहरुलाई खटाउने र बढी भएकालाई फिर्ता बोलाउने प्रकृया शुरु गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छौं,’ गृहका एक उच्च अधिकारीले डिसी नेपालसँग भने।

पूर्व राजा ज्ञानेन्द्रको सुरक्षामा ५६ जना सशस्त्र प्रहरीबलका सुरक्षाकर्मी खटिएका थिए। अब ३६ जना मात्रै रहनेछन्। त्यस्तै प्रचण्ड शान्ति प्रकृयामा आएपछि उनको सम्पूर्ण सुरक्षाको जिम्मा सरकारले लिने निर्णय गर्दै सशस्त्र प्रहरीबलबाट ५९ जना सुरक्षाकर्मी खटाइएको थियो। अब भने ३९ जना मात्रै रहनेछन्।

उनका अनुसार निर्वाचनको मिति घोषणा भएकाले निर्वाचनसम्म सबै सुरक्षाकर्मीहरु कार्यरत रहने अवस्था पनि आउनसक्ने संभावना रहेको छ। ‘पूर्व सरकार प्रमुख भएकाले ज्ञानेन्द्र शाहको सुरक्षामा धेरै सुरक्षाकर्मी खटाउने परेको साथै शान्ति प्रकृयाको हिस्सेदार भएकाले प्रचण्डको सुरक्षामा पनि उत्तिकै संख्यामा सुरक्षाकर्मी खटिएका छन्।

उनीहरुको सुरक्षाको जिम्मा सरकारले नै लिनुपर्छ पूर्व सरकार प्रमुख वा पूर्व प्रधानमन्त्रीभन्दा उहाँहरुको सुरक्षा अलि प्रभावकारी नै हुन्छ त्यही भएर नै सरकारले अहिलेलाई थोरै संख्या मात्रै कटौती गर्नु परेको हो’, सरकारका एक मन्त्रीको जिकिर थियो। उनका अनुसार आवश्यक परेमा उनीहरुको सुरक्षा झिक्ने भन्दा पनि थप्न पनि सकिन्छ। तर, अहिलेको अवस्थामा सुरक्षा थ्रेट मूल्यांकनको आधारमा केही संख्या कटौती गर्न लागिएको हो।

सरकारले यसअघि नै पुर्व मन्त्रीहरुको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। सो निर्णयपछि कतिपय नेताहरुकोबाट फिर्ता भएपनि धेरैले फिर्ता गरेका छैनन्। पूर्व प्रधानमन्त्री तथा गृहमन्त्रीहरुले पनि फिर्ता गरेका छैनन्।

एउटै कार्यविधिमा गरिएको व्यवस्थालाई मन्त्रिपरिषद वैठकले गृहमन्त्रालयलाई अलग अलग पत्र पठाएर सुरक्षाकर्मी फिर्ता गराउन निर्देशन दिइएको स्रोतको दावी छ। सरकारले यसअघि २०७७ वैशाख ८ गते बसेको मन्त्रिपरिषदबाट विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिने सुरक्षाकर्मी कटौती गर्ने निर्णय गरेपछि सुविधा लिएका अधिकांश नेताहरुले सुरक्षाकर्मी फिर्ता गरेका थिए।

सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिने सुरक्षाकर्मी कटौती गर्ने निर्णय गरेपछि पूर्वप्रधानमन्त्रीहरु बाहेक अन्य नेताहरुले सशस्त्र प्रहरीलाई फिर्ता गरेका थिए। त्यतिबेला आफूसँग भएका सुरक्षाकर्मीहरु फिर्ता गर्नेमा पूर्व गृहमन्त्रीहरु समेत रहेका थिए।

फिर्ता गर्नेहरुमा नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, कांग्रेस नेता रामचन्द्र पौडेल, भीम रावल, कृष्ण सिटौला, जनार्दन शर्मा, शक्ति बस्नेत, पूर्णबहादुर खड्का, गोविन्दराज जोशी, प्रकाशमान सिंह, रामशरण महतलगायतका नेताहरुले आफूसँग भएका दुई तिहाइ सुरक्षाकर्मी फिर्ता गरेका थिए। अहिले पनि उनीहरुसँग केही संख्यामा सुरक्षाकर्मी र गाडी रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *