थप १२७ जनामा कोरोना संक्रमण

काठमाडौं । शुक्रबार थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ७०७ रहेको छ ।
पछिल्लो २४ घण्टामा १३६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ७९६ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २०५४ पुगेको छ । पछिल्लो २४ घण्टामा २ जनाको कोरानाको कारण मृत्यु भएको छ ।
यस्तै, हालसम्म ७९ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ११ हजार ६४९ जनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment