नाच दुलारी नाच (कथा)
कैदीका परिवारको बिचल्ली नहोस भन्ने ठानेर सरकारले पशुपालन योजना ल्यायो। आफूले चाहेको पशु पालेर आम्दानी गर्न सक्ने बाटो खुल्यो कैदीका लागि। आफ्नै घरजग्गामा अथवा सरकारी पर्ती जग्गामा बसेर पशु वा पक्षी पालन गर्न सक्थ्यो।
उसले चाहेको प्राणी सरकारबाट उपलब्ध हुन्थ्यो र आवश्यक औषधोपचार पनि सरकारले नै गथ्र्याे र आवश्यक भए उत्पादनको बजार व्यवस्थामा पनि सहयोग पु¥याउँथ्यो। यसो गुन्दा अर्धमुक्त कैदीको श्रम विनिमयझैँ लाग्थ्यो।
रुचि राख्ने र समर्थले पशुधन छाने। संगुर/बंगुर, भेडा,बाख्रा, भैँसी र गाई छान्नेहरु धेरै भए। थोरैले कुखुरा पालन छाने। एउटाले घोडा छान्यो। अर्को एउटाले बाँदर बुझ्यो।
घोडा र बाँदर लिनेहरुलाई अरुले खिस्स गरे। उपेक्षाको भावले हेरे। उनीहरुको सोचाइमा अर्थोपार्जनको लागि यी प्राणीहरु त्यति उपयुक्त थिएनन् शायद। तर बडो आत्मविश्वासका साथ तिनले घोडा बाँदर लिएर उद्यममा जुटे।
दुई वर्षको प्रगति विवरण बुझ्न जाँदा बंगुर भेडा, कुखुरा र गाई पाल्नेले सामान्य प्रगति गरेको देखियो किन्तु बाख्रा र भैँसीबाट कुनै फाइदा नभएको जानकारी आयो। सरकार पनि आफ्नो योजनामा असफल देखियो र उद्यमी पनि।
सन्दर्भ र परिवेश हेरेर कहिले गुरिल्ला, छापामार सुरुङपन्थीको रुपमा तिनलाई उपस्थित गर्थ्यो र कहिले माओवादी–गान्धीवादी वनसेनालाई आततायीको दर्जा दिएर प्रत्याक्रमण गर्ने शाही सेनाको भावले अग्रसर गर्दथ्यो। माओवादी नामाको गान्धीवादी होस् या साच्चिकै सेना होस् यी पोशाक औजार र चालले दुरुस्त उस्तै लाग्दथे। दुईटा बाँदरलाई तालिम परेड र युद्ध अभ्यास देखाएर उद्यमी द्रव्य झार्थ्यो।
जब अश्वपालकसँग भेट भयो तब उसमने प्रगति चुलिएको थाहा भो। सरकारको प्रतिनिधिले उन्नतिको रहस्य सोधेपछि उसले सत्य कुरा भन्यो। उसको वयानमा झूटो झल्किदैन थियो। शायद ऊ राजनीति खेल्ने नाइके थिएन। ऊ असत्य बोल्दैनथ्यो।
उसले दुईटा घोडा सह्यार्यो–घोडा पनि घोडी पनि। दुवै साना कदका थिए । याल र पुच्छरका रौँ लामा र बाक्ला थिए। धुने पखाल्ने, कोर्ने चम्काउने काममा प्रशस्त खट्थ्यो र अनि विभिन्न रंगका धागा डोरी रिवनले याल र पुच्छर सिंगार्थ्यो। अनि जीन (काँटी) कसेर बजारको एक छेउमा ग्राहकलाई हेर्थ्यो।
केटाकेटीका लागि घोडाको जोडी जिउँदा खेलौना हुन्थे। ऊ शुल्क लिएर केटाकेटीलाई चढाएर हिडाउँथ्यो, आफैँले लगाम लिएर। सुरक्षित आरोहण र भ्रमणपछि वकस पनि पाउँथ्यो । एउटा अघोषित नियम जस्तै थियोः छोरी भए घोडामाथि चढाउँथ्यो। छोरा भए घोडीमाथि। दार्मे/कथुरे रंगका घोडा तेसै पनि हेर्दै छूँःछूः लाग्थे, चढौँ चढौँ लाग्थे।
बकस त अभिभावकले मात्र होइन अश्वारोही बालकहरु पनि आफ्नोतर्फबाट थप इनाम दिन्थे। कमाइ राम्रो हुन्थ्यो। उचित दाना पानी र स्याहार पाएका घोडा घोडी त्यसै पनि रहर लाग्दा जीवित पुतली नै लाग्थे। बाल–जगत आकर्षित थियो। उद्यमी कुनै बेला कैदी थियो भने सजिलो थिएन। उसको भौतिक व्यक्तित्वमा आमूल परिवर्तन भएको थियो।
बाँदर पाल्नेको प्रगति अर्कै ढंगको थियो। सन्दर्भ र परिवेश हेरेर कहिले गुरिल्ला, छापामार सुरुङपन्थीको रुपमा तिनलाई उपस्थित गर्थ्यो र कहिले माओवादी–गान्धीवादी वनसेनालाई आततायीको दर्जा दिएर प्रत्याक्रमण गर्ने शाही सेनाको भावले अग्रसर गर्दथ्यो।
माओवादी नामाको गान्धीवादी होस् या साच्चिकै सेना होस् यी पोशाक औजार र चालले दुरुस्त उस्तै लाग्दथे। दुईटा बाँदरलाई तालिम परेड र युद्ध अभ्यास देखाएर उद्यमी द्रव्य झार्थ्यो। केटाकेटी हुन् या अरु बाँदरको खेल तमासा हेरेर प्रसन्न हुन्थे।
कहिले भन्थ्यो–तेरो किड्नी झिकेको छ। अभिनय देखाएर हिँड्। कहिले भन्थ्यो–तेरो एउटा आँखा झिकेको छ, कानो भएर हिँड्। एउटा खुट्टा काटेर माग्ने भिखारी बनाएको छ, वैशाखी टेकेर यो थैली थाप, भिख माग। बाँदर त्यस्तै अभिनय गर्थे दुरुस्त। बाँदर नचाउनेलाई पनि द्रव्यको कमी भएन।
उद्यमी बेला–बेला ठाउँ र अवस्था हेरेर भन्थ्यो–बाबु धूल कमल, भैया धूल कमल देखा कमाल!। बस संकेतअनुसार बाँदर खेल–करामत देखाउँथे। द्रव्य झार्थे। ऊ बटुल्थ्यो।
कहिले भन्थ्यो–तेरो किड्नी झिकेको छ। अभिनय देखाएर हिँड्। कहिले भन्थ्यो–तेरो एउटा आँखा झिकेको छ, कानो भएर हिँड्। एउटा खुट्टा काटेर माग्ने भिखारी बनाएको छ, वैशाखी टेकेर यो थैली थाप, भिख माग। बाँदर त्यस्तै अभिनय गर्थे दुरुस्त । बाँदर नचाउनेलाई पनि द्रव्यको कमी भएन।
मौका हेरेर भन्थ्यो…..बाबु तिमी पनि कोटामा पर्छौ, सांसद हुन्छौ, मन्त्री बन्छौ। नाच… मेरी दुलारी! नाच…। सरकारको तर्फबाट विवरण प्रतिवेदन पेश गर्नेहरुले सकारात्मक मूल्याङ्कन बुझाए। घोडा र बाँदर पाल्नेहरुले सन्तोषजनक ढंगले व्यवसाय चलाएको चर्चा नेपाली संसारमा प्रचार भयो। टिभी र यूट्यूबबाट भाइरल भयो।
यस घटनामाथि अन्तर्राष्ट्रिय क्षेत्रका आँखा पुगे। र तिनको प्रवेश भयो। फलतः योजनाकार पनि पुरुष्कृत भयो। घोडा खेलाउने र बाँदर नचाउनेले जनही ५० हजार डलर पुरस्कारसहित प्रशंसा–पत्र पाए।
यसपटक गोरखापत्रले पहिलो कलममा फोटासहित अथ र इतिको विवरण दिएको थियो। वास्तवमा बन्दी अश्वपालाक र बन्दी बाँदरनायक कैदी समाजका लागि उदाहरण भएका थिए।
Facebook Comment