सरकारद्वारा ठूलो संख्यामा सचिवहरुको सरुवा
काठमाडौं । सरकारले ठूलो संख्यामा सचिवहरुको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सचिवहरु सरुवा गर्ने निर्णय गरेको एक मन्त्रीले डिसी नेपाललाई जानकारी दिए। यद्यपि, हेरफेरमा पर्ने सचिवहरुको सूची भने सार्वजनिक गरिएको छैन।
उनका अनुसार १ दर्जन सचिवहरुलाई फेरबदल गएिको छ। केहीलाई आयोग र केहीलाई मन्त्रालयतिर पठाइएको उनले जानकारी दिए।
सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सचिव सुरेश अधिकारीलाई निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ। यस्तै, आयोगकी देवकुमारी गुरागाईँलाई राष्ट्रिय वित्त आयोगमा पठाइने छ।
मन्त्रिपरिषदमा कार्यरत सचिव तोयानारायण ज्ञवालीलाई लोकसेवा आयोग, युवा तथा खेलकुद सचिव रामप्रसाद थपलियालाई शिक्षामा, प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईलाई उद्योग मन्त्रालय र लोक सेवा आयोगका सचिव अर्जुनप्रसाद पोखरेललाई बाणिज्य मन्त्रालयमा सरुवा गरिएको छ।
यस्तै, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव सूर्य गौतमलाई श्रम मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।
Facebook Comment