यक्ष प्रश्न : पाल्तुले मालिकविरुद्ध कसरी कारबाही गर्ने ?

बाजेले बलिदान दिए राणा शासन फाले, बाहरूले फेरि आन्दोलन गरे राजतन्त्रको निरङ्कुशता घटाए । दाइहरूले क्रान्ति गरे राजा हटाए। बलिदानीका पुस्तौं पुस्ताका गाथा हुन् । तर, हामी बलिदानी दिनेहरुको अवस्था ?
व्यवस्था र संविधान बदलिए अवस्था र आचरण बदलिएन । किन ? मसँग उत्तर छैनन्, केवल प्रश्नहरू छन्! जुन प्रश्न तपाइलाई सोधे झैँ लाग्छ, तपाईँ नै उत्तर दिनुहोस् अथवा उत्तर खोज्नुहोस्। जबसम्म हामी यी प्रश्नहरुको उत्तर खोज्न वा पाउन सक्दैनौं हामी कसैका स्वार्थका लागि प्रयोग भइरहने छौं, शहीद भइरहने छौं। र, हाम्रो बलिदानीमाथि अरुकै राज भइरहनेछ जस्तो अहिले भइरहेको छ।
१ ) स्कुल, कलेजमा झन्डा बोकाउने, शिक्षामा सुधार कसरी आउने?
२ ) बिचौलियाको इसारामा स्वास्थ्य नीति बनाउने, स्वास्थ्य सेवामा सुधार कसले ल्याउने ?
३ ) सत्तापक्षको संरक्षण भ्रष्टाचारको आधार, के गरोस् अख्तियार?
४ ) मागी–मागी छोराको बे–सबैलाई खोप अनुदानले ?
५ ) विकाशको मोडेल–घिउ न तेल पका बुढी/बुढा सेल ?
६ ) नेकपामा सूर्यको भागबन्डा–कसले राख्ने माउ, कसले लिने अन्डा ?
७ ) तारे–मालेको जुधाइ, दोस्रो पुस्ताका बाच्छाहरूको मिचाइ– बुढा किसान खै हलो, खै गाई ?
८) जसले पद दिन्छ काँग्रेस उसकै साथमा–आन्दोलन या निर्वाचन लड्डु दुवै हातमा ?
९) संघीयता : यता न उता–हातमा जुता ?
१०) सर्वोच्चका श्रीमान् ः मान्ने संविधान कि बेच्ने इज्जत, इमान ?
११) प्रहरीमा उच्च पद सृजना–हाम्रो गुटका कतिजना ?
१२) सबैतिर आफ्नै भर्ने , पाल्तुले मालिकविरुद्ध कसरी कारबाही गर्ने ?
१३ ) हरेक सभामा जनसागर आउने, नसुनी, नबुझी तालीमात्रै पड्काउने, अवस्थामा सुधार कसरी आउने ?
नेपालको जय होस!!
Facebook Comment