बिनयजंग बस्नेत विरुद्ध सपनाको जाहेरी, बस्नेतलाई पक्राउ गर्ने प्रहरीको तयारी
काठमाडौं। बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोक्काले आफ्नो चरित्रहत्या गर्ने काम गरेको भन्दै विनयजंग बस्नेत विरुद्ध प्रहरीमा जाहेरी दिएकी छन्।
बेवारिसे शव चलाएर चर्चामा आएकी सपनाको नांगो तस्वीर र भिडियो सार्वजनिक गरिदिने भन्दै युट्युवमार्फत धम्की दिँदै आएका बस्नेत विरुद्ध सपनाले आइतबार अपराध महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दिएको एसपी रमेश बस्नेतले जनकारी दिए।
बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्वीरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामाग्रीहरू सार्वजनिक गर्ने धम्की दिएका थिए।
सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्। पछिल्लो समय सम्बन्धमा तिक्तता आएपछि बस्नेतले सपनाको चरित्रहत्या गर्न थालेका थिए ।
Facebook Comment