इटहरीका १० वटा म्यानपावर कम्पनीमा विभागकाे छापा

डिसी नेपाल
२ फागुन २०७७ १३:५५

काठमाडौं। वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन टोलीले एकै दिन विभागबाट संचालन अनुमति लिएर इटहरीका १० वटा म्यानपावर कम्पनीमा छापा मारेको छ।

विभागका अनुगमन अधिकृत कुशल बरालका अनुसार विभागमा प्राप्त उजुरीका आधारमा विभागको आकष्मिक अनुगमन टोली शुक्रबार सार्वजनिक बिदाको दिन नै इटहरी पुगेर आकस्मिक छामा मारिएको हो।

सोही क्रममा विभागको अनुमति बिना इटहरीमा संचालनमा रहेको मेमोरिएल ओभरसिज प्रा.लि.(लाइसेन्स १५/०५६/७७) को शाखा कार्यालय सिल गरिएको छ। अनुगमन अधिकृत बरालका अनुसार मेमोरिएल ओभरसिजले अवैध रुपमा पासपोर्ट संकलन गर्ने, रकम असुल्ने गरेको भेटिएको छ।

त्यस्तैगरी एचआर इन्टर्नेशनल प्रा.लि.ले अनुमति लिन निवेदन दिएको बताए पनि अनुमति नभेटिएकोले हाललाई शाखा कार्यालय बन्द गर्न लगाइएको बरालले बताए।

विभागको आकष्मिक अनुगन टोली इटहरीका अवैध एजेन्ट कार्यालमा पुगेपछि गैरकानूनी रुपमा कार्यालय राखेर बसेकाहरु कार्यालय तथा सटर बन्द गरेर भागेका थिए। साथै, अनुमति लिएका म्यानपावर कम्पनीका शाखा कार्यालयमा पनि अनुमति लिएका बाहेक पनि अन्य म्यानपावर कम्पनीका कारोबार भएको पाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *