जादुको छडी र संकटको घडी

डिसी नेपाल
३ फागुन २०७७ १०:४१

सत्ताधारी दलकै बिभिन्न गुटका भारी तौलवाला नेताहरुको राजनैतिक अस्तु तलमाथि पर्लाजस्तो भइसक्दा पनि ब्याख्या गर्न नसकिने संबिधाननामक ग्रन्थ अचम्मको वस्तु रहेछ।

नवाह, सप्ताह, एकाह वा अन्य धार्मिक पुराणहरुको मार्मिक ब्याख्या गर्ने विद्वान वा स्वअध्ययन गरेर र सबै यजमानहरुको परीक्षाबाट तरेर आएका अनि राम्रो पण्डितको उपाधि पाएका ब्राह्मणहरुले जति ब्याख्या गरे पनि नसकिने गहन विषयहरुलाई विस्तृतमा भावार्थसहित तोकिएकै मिति र समयमा ब्याख्या गरेर सिध्याउने गरेको देखिएको छ।

झट्ट हेर्दा सामान्य ठानिएका र आफ्नो क्षेत्रमा निकै उच्च पण्डितको रुपमा मानिएका व्यक्तिहरुले त्यस्तो जटिल भनेर जानिएका पुस्तकमा लेखिएका हेर्दा साधारण तर अत्यन्त व्यापक भावलाई सर्वसाधारणले बुझ्ने भाषामा सुनाएको देख्दा सबैले अचम्म मान्नपर्छ।

त्यत्रो अध्ययन, अनुभव र विद्वता हासिल गरेका प्रधान न्यायमूर्ति लगायतका न्यायमूर्तिहरु, बजारमा राम्रो भाउमा चलेका र न्याय निसाफ कर्मबाटै फूले फलेका विद्वान वकिलहरुले महिनौँसम्म बहस गर्दा अनि सयौँको संख्यामा व्याख्या गर्न अघि सर्दा पनि जम्मा एउटा मूल धारा र दुईचारवटा उपधाराहरुको व्याख्या गर्न नसकिने संबिधान नामक पुस्तक त साँच्चिकै अद्भुत चिज रहेछ।

यसो हेर्दा त यो ग्रन्थ त वेद, पुराण र अन्य जटिल धार्मिक ग्रन्थहरुभन्दा पनि जटिल र व्याख्या गर्न नसकिने खालकै रहेछ भनेर बुझिदिन पर्छ र यसैले यसको महत्व प्रष्ट गर्छ।

यसलाई तयार गर्न लागेको समय, आर्थिक उल्झन र दुईपटक गरी बाह्रसय दुईजनाको उच्चकोटिको दिमागको प्रयोगले गर्दा यो ग्रन्थ यति जटिल व्यापक र सारगर्भित भएकोले नै देशकै उच्च दिमागवाला न्यायमूर्तिहरुलाई एउटै धारा र त्यसका उपधाराहरुलाई यति लामो अवधिसम्म यसो हो कि उसो हो भन्ने मेसो नभएको हुनसक्छ।

यो पनि एक किसिमले मुर्खले नदेख्ने र नबुझ्ने नांगे राजाले धेरै खर्च गरेर बुन्न लगाएको पोशाकजस्तै जनताले वाध्यतावश चुन्न पुगेका प्रतिनिधिहरुले धेरै वर्षसम्म संबिधानसभाको आरामदायी कुर्सीमा उँघेर र कुन दुलोमा छिर्दा फाइदा उठाउन सकिन्छ भन्दै आमदानीको श्रोत सुँघेर तयार पारेको हुनाले ज्यादै विद्वान र बुद्धिमान कानुनविदहरुले बुझ्न अलि बढि समय लागेको हो कि भन्न चाहिँ सकिन्छ।

संबिधानसभाका दिग्गज, विद्वान, अत्यन्त अध्ययनशील भनिएका र सबैभन्दा सक्ष्म समूहमा गनिएका माननीयको ठूलो समूहले झण्डै दुई दशकको दुई अवधि व्यतित गरेर र विदेशी मित्रहरुको गोप्य तवरले भित्रसम्म पुगेको अदृश्यरुपको समेत सहयोगमा अघि सरेर तयार गरेको यति महत्वपूर्ण पुस्तकका धाराहरुको व्याख्या गर्न यो पुस्तक तयार भएको अबधिभन्दा बढी समय लाग्यो भने मात्रै यसलाई असली संबिधानको पुस्तक मान्न र विश्वको सबैभन्दा लोकतान्त्रिक संबिधान भनेर जान्न सकिन्छ।

हरेक विषयको रुप र सारलाई अलग धारको रुपमा मार हानेर व्याख्या गर्दै आफ्नो अनुकूल शब्दको तार जोड्दै गएर कुनै विषयमा हार नमानी अरुले सुने पनि र नसुने पनि घण्टौँ बोल्न सक्ने खुबी भएका विशिष्ट तहका माननीयहरुले साँच्चिकै मेहनत गरेर तयार पारेको दस्तावेज रहेछ भन्ने सबैलाई पक्का भएको छ।

विद्वान वकिलहरुले एउटै धारामा गरेको वहसलाई एकै ठाउँमा समेट्ने हो भने पुरै संबिधान भन्दा ठूलो पुस्तक तयार भइसक्दा र सबै झगडीया पक्षका वकिलहरु वहसमा गइसक्दा पनि एउटै धाराको व्याख्यामा सारा न्याय क्षेत्र अल्झिएको देख्दा कता के बल्झिएको हो भन्ने दिग्गज न्यायमूर्तिहरुले नै खुट्याउन र यसै हो भनेर छुट्याउन नसकेर अन्धाले हात्ती छामेको हो कि जस्तो देखिन्छ।

सामान्य मान्छेले पढ्दा त्यो धारामा कुनै जटिलता नदेखिएपनि कानुनी आँखाले कसरी पढ्छन्, कसरी अर्को कानुन ब्यबसायीको दलीलमाथि चढ्छन् र कुन शब्दकोषअनुसार अगाडि बढ्छन् अरुले बुझ्ने कुरै आएन। रुपमा देखिने र सारमा लेखिने कुरा सामान्य मान्छेले बुझ्दैन भनेर नेताहरुले बेलाबेलामा भन्ने गरेको सही नै रहेछ।

यो पनि एक किसिमले मुर्खले नदेख्ने र नबुझ्ने नांगे राजाले धेरै खर्च गरेर बुन्न लगाएको पोशाकजस्तै जनताले वाध्यतावश चुन्न पुगेका प्रतिनिधिहरुले धेरै वर्षसम्म संबिधानसभाको आरामदायी कुर्सीमा उँघेर र कुन दुलोमा छिर्दा फाइदा उठाउन सकिन्छ भन्दै आमदानीको श्रोत सुँघेर तयार पारेको हुनाले ज्यादै विद्वान र बुद्धिमान कानुनविदहरुले बुझ्न अलि बढि समय लागेको हो कि भन्न चाहिँ सकिन्छ।

झगडीया मध्ये पनि सरकारीपक्षले आफूले जे निर्णय गरेको छ त्यही ठीक हो र फैसला पनि त्यहीअनुसार नै आउँछ अनि तोकिएकै मितिमा जनताले फेरि भोट हालेर उनीहरुलाई नै दुईतिहाइ बहुमतसहित जिताउने सुवर्ण अवसर पाउँछ भन्ने महावाणी नारा जुलुस सभा र आमसभाहरु मार्पmत व्यक्त गरिरहेका छन्।

आधिकारिकरुपमा अहिलेसम्म त्यही दलको अर्को गुटले आफूले भनेअनुसारको फैसला नआएमा र आफूहरु पुरानै हैसियतमा संसदमा छिर्न नपाएमा हावाहुरी बतास आँधिबेहरी प्रलय के के हो आदि ल्याएर सबैलाई एकैचोटि देखाइदिने भन्दै धर्ना नारा जुलुस सभा आमसभा आदि मार्फत जानकारी गराइरहेका छन्।

सत्तापक्षको चाहनाबमोजिम फैसला भएमा झण्डै आधा अवधिमै भोट खसाल्न पाइने र अर्कोपक्षको चाहनाबमोजिमको फैसला आएमा हावाहुरी र आँधिबेहरीको मजा खाइने हुनाले जनतालाई चाहिँ दुबै अवस्थामा ठूलो फाइदा छ। सत्तामा बसेर शक्ति प्रदर्शन गर्ने र एउटै नाममा सडकमा चर्ने दुबैथरिले देशका दुर्गम र कुनाकन्दरासम्मका जनतालाई बसमा खाँदीखाँदी ल्याएर राजधानी घुमाउने कार्यमार्फत पनि शक्ति प्रदर्शन गरिरहेका छन्।

त्यसरी आउने अधिकांशलाई त कहाँ आएको, किन आएको, कसले ल्याएको, अहिले देशमा के भइरहेको छ आदि भन्ने समेत थाहा नहुनुको साथै कतिपयले त नेपाली भाषा पनि नबुझेको देख्दा नेताहरुले एकअर्काको पेटको किरासमेत मर्ने गरी गरेको गाली नबुझे पनि जोडजोडले तालीचाहिँ पड्काएको र उनीहरुको टाउकोको संख्या देखाएर मिलेसम्म हलो अड्काएको देख्दा जनता ज्यादै प्रभावित छन्।

यो नै वर्तमान राजनीतिको सबैभन्दा सुन्दर पक्ष हो र यसरी नै जनताको सेवा गर्ने नेताहरुको महान लक्ष्य हो। पञ्चायतको अन्तिम अबस्थातिर यस्तै तरिकाले आयोजना गरिएका र निर्विकल्प व्यवस्था भनेर भ्रम छरिएका पञ्च र्यालीहरु मार्फत  झ्याली पिटेको अबस्था सम्झँदा अहिलेका वरिष्ठहरु पनि सही दिशातर्फ अगाडि बढेको भन्नेमा सबैजना ढुक्क छन्।

नयाँ पुस्ताले बन्द हडताल तोडफोड आगजनी आदिको बारेमा व्यवहारिक ज्ञान नपाएको र पुरानो पुस्ताले पनि बिर्सेर चपाएको हुनाले उनीहरुलाई प्रत्यक्ष ज्ञान दिनु नेता र दलहरुको आधारभूत जिम्मेवारीमा पर्ने विषय भएकोले गर्नै पर्ने काम गरेर आफ्नो लागि नाम र दामको व्यवस्था गरेकोमा उहाँहरुलाई कृतज्ञता व्यक्त गर्न कन्जुस्याइँ देखाउन हुँदैन।

जनताको लागि नेताहरुले कति दुख गरेका छन् र जनताकै संख्या देखाएर आफूले चाहेको कुर्सी प्राप्त हुन्छ भन्ने कुरामा ढुक्क परेका छन्। जति संख्यामा जनता आएका छन् त्यसको पछाडि एउटा शून्य थप्ने र जतिबेला पनि जनताको नाम जप्ने अवस्था पनि आउँदो रहेछ भन्ने पनि नेताहरुले केही समयको लागि राम्ररी बुझेजस्तो छ।

देशैभरिबाट जनता जम्मा पार्ने र बन्द आयोजना गरेर आफूचाहिँ ल्याण्ड क्रुजरमा हुँइकिएर अरुको झाँको झार्ने दुर्लभ दृश्य अनि वरिष्ठ नेताहरु बन्दमा स्कूटर चढेर अरुको सवारी साधनहरुमा आगो सल्काउन निर्देशन दिँदै हिँडेका दृश्यहरु पनि दुर्लभ मध्यमै पर्छन् र यस्तो देख्नबाट बञ्चित नयाँ पुस्ताले यसमा ज्यादै गर्व गर्छन्। यसमा कुनै शंका छैन।

राष्ट्रप्रधान, सरकारप्रधान, प्रधान न्यायमूर्ति, सभामुखजस्ता सबैलाई मुद्दा लाग्नु, यिनीहरुका विरुद्ध आफ्नै सहकर्मीहरु जाग्नु र सबैजना कुर्सीको पछिपछि भाग्नुको कारणले जनताले यस्तो अचम्मको अवस्था देख्ने अलौकिक अवसर पाएका छन्। आमसभाको भाषण सुनेअनुसार यिनीहरु कसैलाई पनि कुर्सी वा सरकारप्रधान पदको कुनै लोभ लालच नभए पनि जनताको भविष्य सुन्दर होस् भन्ने सदिच्छाले मात्रै यति विघ्न रोइकराइ गर्न परेको पो रहेछ।

यति निस्वार्थ नेता गणलाई अनेथरीको शंका गरेर त्यसैको डंका पिटाउने एकअर्का झगडीयाहरु नै उल्लु रहेछन्। देश जनता र प्रणालीको लागि दिलोज्यानले खटेका र शहरका मुख्य सडकहरु पुरै बन्द गरेर डटेका सरकारप्रधान र उनका मण्डली अनि उनलाई कुर्सीबाट खंगारेर मिल्काउन पुरै शक्ति लगाएर मौसमी जनभक्तिमा उर्लेका र सबैलाई तर्साएर जसरी पनि सत्तामा पुग्न कुर्लेका उही दलका पूर्व सरकार प्रधानहरुलाई यो मौसममा जनताको अति सम्झना आउनु ज्यादै सकारात्मक संकेत हो।

सत्तापक्षको चाहनाबमोजिम फैसला भएमा झण्डै आधा अवधिमै भोट खसाल्न पाइने र अर्कोपक्षको चाहनाबमोजिमको फैसला आएमा हावाहुरी र आँधिबेहरीको मजा खाइने हुनाले जनतालाई चाहिँ दुबै अवस्थामा ठूलो फाइदा छ।

यो समस्याबाट पार भएपछि जनता फेरि साविक बमोजिम झार सरहकै हैसियतमा पुग्ने निश्चित हुँदा पनि पछि लाग्न नछोड्नु जनताको ठूलो बुद्धिमानी हो। सामान्य मानिसलाई आवश्यक भन्दा ज्यादै धेरै बुद्धि भएका जनता त यहाँभन्दा बढी अन्य कुनै पनि देशमा नहुनु पनि हामीले गर्व गर्नै पर्ने विषय हो।

घटीमा पनि पचास लाख जनसंख्या भएको भनिएको राजधानीमा यति ठूला आमसभाहरु हुँदा राजधानीबाट नेताहरु मात्रै निस्कने र ताली पिट्ने जनताचाहिँ राजधानी बाहिरबाट खेताला खोजेर ल्याउने अनि तिनीहरुकै टाउका गनेर सत्ता भ्याउने उच्च विचार भएका नेताहरुलाई राजधानीबासीहरुले टिभी र सामाजिक सन्जालमा कार्यक्रम हेर्ने काम गरेर र त्यसमा नकारात्मक कमेन्टहरु छरेर सहयोग पुर्याइरहेका छन्।

यसबाट पनि यिनीहरुको एकअर्कालाई गरिने गाली गलौज कार्यक्रम जनतामाझ अत्यन्त लोकप्रिय रहेछ भन्ने राम्ररी बुझिन्छ। यो संबिधान नामक पुस्तक आफ्नै बलबुतामा लेखिएको र त्यसमा जनताको अपनत्व देखिएको भए यहीँका न्यायमूर्तिहरुले पढ्नासाथ व्याख्या गरेर यही हो भनेर छिनोफानो गरिसक्थे।

यो त डलरको हरियो कलरमा र्याल काढेर सात समुन्द्रपारिका ख्वामितहरुको निर्देशनअनुसार छट्टु स्यालहरुले टिपोट गरेर जबरजस्ती जारी गरेको हुनाले लिलाम बढाबढमा पद किन्न अत्यन्त सक्षम न्यायमूर्तिहरुलाई भारी पर्न गएको हो। रैथाने बिउबाट उत्पादन भएको खाद्यान्नले जिउ नबिगारेजस्तै बर्को ओढेर विदेशी घिउ खानेहरुको कारण देशका सबै अंगलाई यसले रुवाएको हो।

यसले पुरै देशलाई रुवाउने सुकर्मको भर्खर सुरुवात भएको छ। भविष्यमा यसले अझ राम्रो गति लिँदै गएपछि हाम्रा वरिष्ठहरुको मति प्रष्ट हुँदै गएर सबैतिर भ्रष्टबाहेक केही नदेखिने दिन आउन भाग्यमानी जनताले धेरै लामो समय कुरिरहने कष्ट गर्न नपर्ला जस्तो लक्षण देखिइसकेको छ। डलरमा बिकेर आयातीत कुराहरुलाई संबिधानमार्फत जबरजस्ती लाद्ने र हामीभन्दा असल कोही छैनन् भनेर सभा सम्मेलनमा छाद्ने वरिष्ठहरुलाई सबैले मान्नै पर्छ।

यो संबिधान नामक पुस्तक आफ्नै बलबुतामा लेखिएको र त्यसमा जनताको अपनत्व देखिएको भए यहीँका न्यायमूर्तिहरुले पढ्नासाथ व्याख्या गरेर यही हो भनेर छिनोफानो गरिसक्थे। यो त डलरको हरियो कलरमा -याल काढेर सात समुन्द्रपारिका ख्वामितहरुको निर्देशनअनुसार छट्टु स्यालहरुले टिपोट गरेर जबरजस्ती जारी गरेको हुनाले लिलाम बढाबढमा पद किन्न अत्यन्त सक्षम न्यायमूर्तिहरुलाई भारी पर्न गएको हो।

सभामार्फत सबैलाई धम्क्याएर र तर्साएर आफ्नो पक्षमा फैसला गर्नै पर्ने र त्यसो नभएमा जनताको शक्तिले बसेर खाइखेली गरिरहेको कुर्सीबाट झर्नै पर्ने धम्की पनि दिनदिनै आइरहेका छन्। वादी प्रतिवादी दुबै आफ्ना ख्वामितहरु भएर पनि न्यायमूर्तिहरुलाई समस्या भएको र एउटै धाराको बहसमा महिनौँ गएको हुनसक्छ भन्ने मुर्खहरुलाई के भन्न सकिन्छ र। यस्ता भ्ष्टाचार विरोधी वरिष्ठहरुलाई भनेजति बुझाएर, रिझाएर र खुसी बनाएर लपक्क टाँसिदै न्यायमूर्तिको कुर्सी टपक्क टिपेर त्यसमा थपक्क बस्न सक्ने न्यायमूर्तिहरुले यति सानो विषय बुझेका छैनन् भनेर कसैले पत्याउने कुरै आएन।

पाडो पाएपनि पाडी पाएपनि भतुवालाई बिगौती भनेजस्तो एकै दलका यी दुई मूल झगडिया बाहेकका दलहरुलाई संसद पुनस्र्थापना भएमा बार्गेनिङ गरेर मिलेसम्म सरकारप्रधानसहित अन्य मन्त्रीको कुर्सी हत्याउने र सबैलाई मौखिक सन्तुलनमा राख्दै आन्दोलनलाई लत्याउने अनि निकै कम सम्भावना भएको चुनाव भइहालेमा निश्चयपनि पहिलेकोभन्दा बढी सिटमा आफ्ना मान्छेहरु फिट भएपछि हिट भएर सरकारमा ठूलो भागबण्डा गरी ढुकुटीमा चिट गर्ने बाटो खुल्ने हुनाले दुबैतिर फाइदा हुने र दुबै अवस्थामा झगडीयाहरु चाहिँ रुने देखिन्छ।

आफ्नो राजनैतिक भविष्य र अस्तित्वको सवाल भएर पनि एकै दलका दुबैथरी झगडीयाहरुले गति छोडेर असली मती देखाउँदै धेरैलाई आफूसँगै सती लैजाने बाटोतिर अग्रसर भएका हुन्।

घोषणा हुनासाथ नाकाबन्दीले पिरेको र झण्डै एकदशक लगाएर बनाउँदा आफ्नो भन्दा विदेशीहरुको स्वार्थ छिरेको अनि यसमार्फत नेताहरुले विदेशी रिझाउने दायित्व भिरेको र यसलाई बनाउन जनताले आठदश अरब तिरेको हुनाले यो ज्यादै गहन ग्रन्थ हो भन्नेमा कुनै दुईमत हुनै सक्दैन।

यही विशेषताको कारणले पनि प्रधान न्यायालयका विद्वान न्यायमूर्तिहरुले व्याख्या गर्न धेरै समय लिएका होलान्। सबैलाई एकैचोटि रिझाउन पनि नसकिने र संबिधानको धाराअनुसार नै फैसला गरेर अन्नदाताहरुलाई बिझाउन पनि नसकिने अप्ठ्यारोलाई जनताले बुझिदिन पर्छ। यति कुरा बुझ्न सक्ने क्षमता जनताबाहेक अरुसित छैन भन्न सकिन्छ। सबैको मुखमा जादुको छडी भए पनि व्यवहारमा अझ विकसित संकटको घडी सामना गर्न तयार हुनुको बिकल्प जनतासित भएजस्तो देखिँदैन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *