नेप्सेले प्राबिधिक गल्ति सच्चायो, इन्फ्रास्ट्रक्चर बैंक विकास बैंकबाट अन्यमा

डिसी नेपाल
३ फागुन २०७७ ११:५७

काठमाडौं। नेपाल स्टक एक्सचेन्जले नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई विकास बैंक उपसमूहबाट हटाएर अन्य उपसमूहमा सूचीकरण गरेको छ। नेप्से सूचिकरण कर्मचारीले दिएको जानकारी अनुसार आइटिका कर्मचारीहरुले सूचिकरण गर्दा अन्य उपसमूहमा राख्नु पर्नेमा विकास बैंक उपसमूहमा राखेका थिए।

जसअनुसार बैंकको पहिलो दिनको कारोबारो विकास बैंक उपसमूहमा भएको थियो। सोमबार उक्त प्राबिधिक त्रुटिलाई सच्यायर अन्य उपसमूहमा राखिएको छ।

शुक्रबार दोस्रो बजारमा गएको बैंकको सेयर अब अन्य उपसमूह अन्र्तगत रहने छ। बैंकलाई शुक्रबार बजार खुल्दा विकास बैंक उपसमूहमा सूचीकरण गरिएपनि सोमबार त्यहाँबाट हटाएर अन्य उपसमूहमा सूचीकरण गरिएको हो।

आइतबार ३ सय ४० रुपैयाँ प्रतिकित्तामा पहिलो कारोबार खुलेको बैंकको सेयरमूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेर प्रतिकित्ता ३ सय ७४ रुपैयाँ पुगेको छ।

नेपाल स्टक एक्सचेञ्जले शुक्रबार नेपाल इन्फ्रास्ट्रक्चर बेंकको २० करोड कित्ता सेयर सूचीकृत गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *