प्रधानमन्त्रीको हैसियतमा फेरि जनतामा जानुको विकल्प थिएन : प्रधानमन्त्री ओली

डिसी नेपाल
३ फागुन २०७७ ११:५१

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग जनतामा जाने बाहेक अन्य विकल्प नभएको दाबी गरेका छन्। सोमबार आफ्नो तीन वर्षे कार्यकालको उपलब्धी सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले आफूलाई काम गर्न नदिने र जनताको थलो संसदलाई अनिर्णयको बन्दी बनाउने काम भएपछि आफूले बाध्य भएर प्रतिनिधिसभा विघटन गर्नुपर्ने बताएका हुन्।

उनले सरकारको काममा सुरुदेखि नै अवरोध भएको आरोप पनि लगाए। आफ्नो नेतृत्वको गठबन्धनले जनता सामु गरिएका प्रतिवद्धता अनुसार काम गर्न नदिने अध्यारो कोठामा बसेर अस्थिरता निम्त्याउन खोजिएपछि आफूले बाध्य भएर प्रतिनिधिसभा विघटन गर्नु परेको उनको भनाइ थियो।

‘प्रधानमन्त्रीका हैसियतमा मेरो अगाडि धेरै विकल्प थिएन,’ ओलीले भने, ‘हामीले प्राप्त गरेका उपलब्धीको रक्षा गर्दै ती उपलब्धीलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न अँध्यारो कोठाको निर्णयबाट राष्ट्रिय राजनीति प्रभावित हुने कामलाई रोक्न जनमतबाट अगाडि बढाउनुपर्ने अवस्था आएको हो।’

आफूले राष्ट्रिय राजनीतिलाई अस्थिरता रोक्न, विकास र समृद्धिको बाटोमा अगाडि बढाउन पनि प्रतिनिधिसभा विघटन गर्नुपर्नेको प्रधानमन्त्री ओलको तर्क थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *