देउवाद्वारा प्रदर्शनमा सहभागीप्रति आभार व्यक्त

डिसी नेपाल
३ फागुन २०७७ २२:१९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटनको कदमविरुद्ध सोमबार ७७ जिल्लामा कांग्रेसका जिल्ला कार्यसमितिले आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा सहभागी भएकाप्रति आभार व्यक्त गरेका छन् ।

सभापति देउवाले विज्ञप्तिमार्फत प्रदर्शन सफल बनाउन अहोरात्र खट्ने पार्टी, भ्रातृ एवं शुभेच्छुक संस्थाका सदस्य र सामाजिक सञ्जालमार्फत भूमिका निर्वाह गर्ने युवालाई बधाई ज्ञापन गरेका छन् । साथै उनले कार्यक्रम घोषणा भएदेखि समापन हुँदासम्म निरन्तर समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मीप्रति पनि धन्यवाद ज्ञापन गरेका छन् ।

उनले प्रदर्शनले प्रतिनिधिसभा विघटन, मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा देखिएको अकर्मन्यता र कुशासनका विरुद्ध जनभावना अभिव्यक्त भएको समेत उल्लेख गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *