सेयर बजार इतिहासकै उच्च विन्दुमा, १० अर्ब भन्दा बढी काराेबार

डिसी नेपाल
४ फागुन २०७७ १६:०२

काठमाडौं। साताको तेस्रो दिन मंगलबार सेयर बजारले नयाँ रेकर्ड कायम गर्दै इतिहासकै उच्च विन्दुमा पुगेर बन्द भएको छ। सेयर बजारले २६ सय विन्दु पार गर्दै नयाँ उचाई कायम गरेको हो।

मंगलबार नेप्से परिसूचक १५ दशमलव ५० अंकले बढेर बजार २६ सय ०१ दशमलव ५१ अंकमा पुगेको छ। यस दिन २ सय ८ कम्पनीको
१ करोड ७७ लाख ३२ हजार ७ सय ६५ कित्ता सेयर १० अर्ब ३ करोड ५४ लाख भन्दा धेरै रकमको कारोबार भयो।

मंगलबार बैंकिङ, विकास बैंक, म्यूचुअल फण्ड र अन्य समुह बाहेकका बाँकी समूहमा गिरावट छ।

चन्द्रागिरी हिल्सको सकारात्मक सर्किट लाग्ने गरी बजार बढेको छ । सबैभन्दा बढी कमाउनेमा चन्द्रागिरी हिल्स नै देखिएको छ । यस्तै सबैभन्दा बढी नबिल बैंककाे ५२ करोड बराबरको सेयर कारोबार भएको छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लचकता अपनाएपछि सेयर बजार बढ्न थालेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *