कञ्चनजंघा हिमाल आरोहणका लागि आन्तरिक पर्यटकको चहलपहल
काठमाडौं। कोरोना माहामारीका कारण लामो समयसम्म सुनसान बनेको ताप्लेजुङस्थित कञ्चनजंघा हिमाल आरोहण गर्न जाने आन्तरिक पर्यटकहरुको चहलपहल यतिबेला बढेको छ। चैतयता ठप्प भएका सबै पर्यटकीय क्षेत्रहरु बिस्तारै खुल्न थालेसँगै कञ्चनजंघा हिमाल आरोहण गर्न जाने आन्तरिक पर्यटकको आगमन पनि बढेकाे हो।
लामो सयमसम्म लकडाउनका कारणले घरमै बस्न बाध्य भएका धेरैलाई कञ्चनजंघा हिमाल आरोहण गर्न एउटा राम्रो गन्तव्य रहेको छ। नेपालको पर्यटकीय क्षेत्र मध्ये हिमाली जिल्ला ताप्लेजुङ पनि एक हो। ताप्लेजुङमा दुई प्रकारका अन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन्। विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङघा बेस क्याम अबलोकन गर्न विदेशी पर्यटकहरुको पहिलो रोजाईमा पर्दछ। अर्को विश्वको प्रसिद्ध धर्मिक स्थल पाथीभरा देवीको दर्शन गर्न धर्मीक पर्यटकहरुको घुइचो लाग्ने गर्दछ।
कञ्चनजङघा र पाथीभरा ताप्लेजुङ जिल्लालाई चिनाउने प्रमुख दुई पर्यटकीय स्थाल हुन। पाथीभरा क्षेत्रमा अहिले विस्तारै धार्मिक पर्यटकरुको चहलपहल सुरु भए संगै पाथीभरा क्षेत्रका लामो समय बन्द भएको होटल खुल्न थालेको छ।
फुङलिङकी मनिसा तामाङलाई कञ्चनजंघा हिमालको आधार शिविर पुग्ने रहर सानैदेखि थियो। पढाई र घरायसी कामका कारण जान नपाएकाले उनले दशैंमा त्यो रहर पनि पूरा गरिन्।
‘आफ्नै जिल्लामा रहेको विश्वको तेस्रो अग्लो हिमालको फेदमा पुग्दा निकै खुसी लागेको छ।’, उनले भनिन्, कञ्चनजंघा हिमाल, आधार शिविर, पदमार्ग, बाटामा देखिने हिमाली दृश्यहरु आफूले सुनेभन्दा निकै राम्रो लाग्यो।’
फुङलिङ नगरपालिका–४ का वडाध्यक्ष जितेन लिम्बुले पनि आधार शिविर (पाङ्पेमा) पुगेर फर्र्किका हुन्। उनको पहिल्यैदेखिको रहर ६ जनाको टोलस्हित पुरा गरेको थियो । ‘बाहिरका साथीहरुले आफूलाई कञ्चनजंघाको बारेमा सोध त्यसबेला बताउन आफैलाई अप्ठ्यारो लागेको लिम्बुले बताए’।
कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परीषद्का पूर्व कार्यालय सचिव तेञ्जिङ वालुङका अनुसार पछिल्लो समय नेपालीहरुमा घुम्ने बानीको विकास भइरहेको र त्यसलाई राज्यले थप प्रवद्र्धन गर्नुपर्ने बताए। साथै ‘आफ्नाे देश/जिल्ला/गाउँ घुम्न चाहनेलाई राज्यले प्रोत्साहन गर्नुपर्छ, विभिन्न छुटका र विदा दिने योजना ल्याउनुपर्छ,’ उनको भनाइ छ।
अघिल्लो वर्ष १ हजार ३ सय जनाले आधार शिविर घुमेको परिषद्को तथ्याङक छ। भदौ–कार्तिक र फागुन–बैशाखमा पर्यटकहरु आउने सिजन हो। कञ्चनजंघा पदमार्गमा ६२ वटा होटलहरु सञ्चालनमा छन्। नेपालमा कोरोनाको माहामारी फैलिएपछि ती सबै बन्द भएका थिए। अहिले आन्तरिक पर्यटक जानथालेपछि अधिकांश होटलहरु खोल्न थालेका छन् भने केहि अझै बन्द नै रहेका छन्।
आधार शिविर प्रवेशद्वार घुन्साका व्यावसायी धार्के शेर्पाका अनुसार पछिल्लो एक महिनामा ७० जना भन्दा बढी जिल्लावासीहरु कञ्चनजंघा आधार शिविर पुगेर फर्किएका छन्। उनका अनुसार सय जनाको हाराहारीमा यात्रामा रहेका छन् भने कोहि जाने योजना बनाउँदै छन्।
व्यवसायी शेर्पाले भने, ‘विदेशी पर्यटक नआएको समयमा आन्तरिक पर्यटकले भएपनि आफूहरुलाई केहि राहत भएको छ। अघिल्लो वर्षहरुमा नेपालीहरु खासै आउदैन थिए। त्यसमा पनि घुम्नैका लागि भनेर त ताप्लेजुङवासीहरु आएको आफूलाई थाहा नै छैन्। अहिले जिल्लाका मानिसहरु धेरै आइरहेका छन्।’ उनका अनुसार विदेशीमा एक अमेरिकन र एक चाइनिज गरी दुई जनाले मात्रै आरोहण गरेको बताए।
कोरोना माहामारीका कारण विदेशी तथा स्वदेशी पर्यटकहरु घुम्न नपाएको अवस्थामा अहिले विदेशी पर्यटकभन्दा स्वदेशी पर्यटकहरु घुम्न हिड्न थालेका छन्। अहिले माहामारीकै अवस्था रहे पनि जिल्लाका पर्यटकीय स्थलहरुमा चहलपहल बढेको छ।
फलेका नोर्बु शेर्पाले पर्यटकहरु नआएपछि आफूहरु मारमा परेको बताए। पदमार्गहरु सेकाथुम, जापानटार, आम्जिलेसा, ढाङ्ग्याम, ग्याब्ला, फले, घुन्सा, खम्वाचेन, लोनाक, चेइराम, सेलेले, ओक्तान र तोरोङ्देनका स्थानीय हिमाल घुम्न आउने पर्यटकमै आश्रित छन्।
सिरिजंघा गाउँपालिकामा पर्ने ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा हिमालका दुई आधार शिविर छन्। पाङ्पेमा उत्तरी आत्रार शिविर हो, जहाँबाट हिमाल हेर्न मात्रै सकिन्छ। हिमाल चढ्ने दक्षिणी आधार शिविर ओक्तानबाट हो। आधार शिविर जाने पदमार्ग पनि दुई वटै छन्।
सदरकुामा फुङलिङबाट सिरिजंघा गाउँपालिकाको हप्पुखोला–याम्फुदिन हुँदै एउटा र फक्ताङलुङ गाउँपालिकाको तापेथोक–घुन्सा हुँदै जाने अर्को । एउटा आधार शिविर मात्रै गए फुङलिङबाट ८–१० दिन दुवै गए १५–२० दिन लाग्छ । फुङलिङबाट पदमार्गमा होटल र टि हाउसहरु प्रशस्तै रहेकाले दुवै आधार शिविर पुग्न सहज रहेको तापेथोकका व्यावसायी सुसन लिम्बुले बताए।
Facebook Comment