सर्वोच्चमा लिखित जवाफ बुझाएर फर्किए प्रधानमन्त्री

डिसी नेपाल
६ फागुन २०७७ ११:५८

काठमाडौं। अदालतको अवहेलनासम्बन्धी मुद्दामा  प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ लिएर बुझाएका छन्। गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीसहित चार पूर्वप्रधानन्यायाधीश तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई आफैँ उपस्थित भइ लिखित जबाफ पेश गर्न आदेश दिएको थियो।

प्रधानमन्त्री बिहीबार ११ बजेर ४७ मिनेटमा सर्वाेच्च प्रवेश गरेका थिए भने १२ बजे बाहिरिएका थिए।

यसअघि चार पूर्वप्रधानन्यायाधीशले बुधबारै अदालतमा गएर म्याद बुझी लिखित जबाफ पेस गरिसकेका छन् । बाटोको म्यादबाहेक एक साताभित्र उपस्थित हुन भनेपनि अदालतले प्रधानमन्त्री निवासमा मंगलबारमात्र म्याद तामेल गरेको थियो । सोही अनुसार एक हप्ताभित्रै प्रधानमन्त्री सर्वोच्च उपस्थित भएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *