थप ९६ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित १६ सय

काठमाडौं । बिहिबार थप ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार १६६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ६०३ रहेको छ ।
पछिल्लो २४ घण्टामा १११ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ५०५ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २०५८ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ ।
यस्तै, हालसम्म ७१ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ३१ हजार ३३० जनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment