‘महिलालाई राजनीतिक प्रशिक्षण आवश्यक छ’

बझाङ । नेपाली काँग्रेसकी नेतृ डा डिला सङ्ग्रौलाले सामाजिक कुरीति मूल्यमान्यता र लैङ्गिक विभेदका कारण ग्रामीण भेगका महिलालाई राजनीतिमा होमिन बाधा अवरोध भएकाले अगाडि बढाउन राजनीतिक प्रशिक्षणको आवश्यकता भएको बताएकी छन् ।
नेपालको संविधानका साथै पार्टीका विधानले महिला सहभागितालाई जोड दिएको उल्लेख गर्दै उनले शहरबजार क्षेत्रमा केही महिला राजनीतिमा लागेका भए पनि ग्रामीण भेगका महिला अझै राजनीतिमा लाग्न नसकेको बताइन् ।
सदरमुकाम चैनपुरमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले महिलालाई उच्च मनोबलका साथ राजनीतिमा लाग्नसमेत आग्रह गरिन् । उनले हाल राज्यका निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने प्रावधान भए पनि आफूले ५० प्रतिशत सहभागिताका लागि लागिपरेको समेत बताए ।
Facebook Comment