कविता : सायद म पत्थर
सायद म
पत्थर भएकी छु
आँशु सुकेको
आँखा भएकी छु
कुनैदिन कसैले
आँशु सँगै मोडेको
बाटो आज बाध्यतामा
हिँड्दा लाग्छ
म काँडा कुल्चँदै हिँडिरहेछु
पाइतालाले उसका यादका
बिषहरू छादिरहेछन्
बाटो भरी
र
शरीरभरी भरिएको
यादको विष
सहेर,समेटेर
भित्रभित्रै मुर्छित भैरहेछु
सायद
अब
कहिल्यै नब्यूतिने गरी।।।
प्रतिक्रिया
Facebook Comment